कात्तिक मसान्त भित्र बजेट ल्याउने सत्ताधारी मोर्चाको निर्णय ।

२० कार्तिक २०६९, सोमबार १३:१६ मा प्रकाशित

काठमाडौं, २० कत्तिक । सत्तारुढ दलहरु मोर्चा संघीय लोकतान्त्रिक गणतान्त्रिक गठबन्धले कात्तिक मसान्त भित्र बजेट ल्याने गरी तयारी गर्न सरकारलाई भनेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बिहान बसेको गठवन्धनको बैठकले सहमतिका लागि विपक्षी दलसँग वार्ता गर्ने निर्णय पनि गरेको छ ।
बैठकले बजेटअघि प्याकेजमै सहमतिमा जोड दिएका विपक्षी कांग्रेस एमालेसँग वार्ता गर्न एमाओवादी अध्यक्ष एवं गठबन्धन संयोजक पुष्पकमल दाहाल र प्रधानमन्त्री बाबुराम भट्टराईलाई जिम्मा दिएको प्रवक्ता प्रेमबहादुर सिंहले जानकारी दिए ।
सहमति नभए पनि आर्थिक प्रक्रिया जारी राख्न तिहारअघि बजेट ल्याएर राष्ट्रपतिसमक्ष पठाइने उनले बताए ।
प्रवक्ता सिंहका अनुसार बैठकमा जारी राजनीतिक निकासका मूल मुद्दामा कांग्रेस र एमालेसँग सहमति हुन नसकेका विषयमा समीक्षा गर्दै, बजेट तथा नयाँ चुनावका विषयमा छलफल भएको थियो । यसअघि बसेको गठबन्धनको बैठकले गठबन्धनलाई जिल्ला तहसम्म विस्तार गर्ने निर्णय गरेको थियो । मुलुक लामो समयसम्म अनिर्णयको बन्दी बन्न नसक्ने ठहरसहित गठबन्धनले वार्ताका माध्यमबाट सहमति खोज्न सबै दलहरूलाई अपिल गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी