अमेरिकाको केन्द्रीय बैंक फेडले मार्चमा औसत ब्याजदर वृद्धि गर्ने

१३ माघ २०७८, बिहीबार १३:२५ मा प्रकाशित

अमेरिकाको केन्द्रीय बैंक फेडरल रिर्जभ (फेड) ले औसत ब्याजदर वृद्धि गर्ने प्रक्रिया अघि सारेको छ ।

पत्रकारहरुसँग संवाद गर्दै फेडका अध्यक्ष जेरोम पावेलले मुद्रा स्फिीति नियन्त्रण गर्न फेडले ह्वाकिस मौद्रिक नीति मार्च महिनाबाट लागू गर्ने बताएका छन् ।

सन् २०२१ मा मुद्रा स्फीति वृद्धिदर ३९ वर्ष यताकै उच्च ७ प्रतिशतले बढेको छ ।

कोभिड–१९ ले धरासायी पारेको अर्थतन्त्र उकास्न र बजारमा तरलता अभाव नहोस् भन्ने उद्देश्यले फेडले सन् २०२० को मार्चमा बैंकिङ प्रणालीमा ७०० बिलियन डलर प्रवाह गरेको थियो।

बजारमा तरलता प्रवाह गरेसँगै अप्रत्यासीत रुपमा मुद्रा स्फीतिको दरवृद्धि भएको थियो।

मुद्रास्फिीति वृद्धि भएसँगै फेडले बजारमा प्रशस्त भएको तरलता खिच्ने मनसायले प्रति महिना ६० बिलियनको बन्ड बिक्री गरेको थियो ।

पत्रकारहरुसँग गरेको कुराकानीमा पावेलले मार्चबाट फेडले बन्ड खरीद प्रक्रियालाई पनि पूर्ण विराम लगाउने बताए ।

कोरोना भाइरसको संक्रमण फैलिएपछि अधिकांश मानिसहरुले आफ्नो जागिर गुमाउँदा बेरोजगारी दर १४.७० प्रतिशतले वृद्धि भएको थियो ।

बढ्दो बेरोजगारी दर घटाउन र उद्यमशीलता बढाउने ध्ययले सरल कर्जा प्रदान गर्ने लक्ष्यका साथ फेडले औसत ब्याज दर २।२५ प्रतिशतबाट शून्य प्रतिशतमा झारेको थियो ।

सन् २०२० को अप्रिल महिनामा १४.७० प्रतिशत रहेको बेरोजगारी दर सन् २०२१ को अन्त्यमा आइपुग्दा ३.९ प्रतिशतमा सीमित हुन पुगेको छ ।

बेरोजगारी दर घट्दै गएको र औसत ब्याजदर बढाउँदा अर्थतन्त्रले धान्न सक्ने अवस्था सिर्जना भइसकेकाले ब्याज दर बढाउने कुरामा फेडका सदस्यहरुको समेत स्वीकारोक्ति भएको पावेलले जानकारी दिए।

फेडले ७ प्रतिशत पुगेको मुद्रास्फिीति २ प्रतिशतमा पु¥याउने लक्ष्य राखेको भएतापनि माग र आपूर्ति बीचको तालमेल नमिल्दा र रुस र युक्रेन बीच तनाबको वातावरण पैदा भएसँगै मुद्रास्फिीति कम गर्न लक्षित भन्दा धेरै समय लाग्ने र केही समय मुद्रास्फिीति कायमै रहने जानकारी पावेलले दिए ।

फेडले ब्याजदर बढाउने निर्णय गरेसँगै एसियाली स्टक बजार तरङ्गीत हुन पुगेको छ भने ट्रेजरी इल्ड बढेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो

नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण

न्युयोर्क । विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी