नेता ओलीको अवस्थामा सुधार

२० कार्तिक २०६९, सोमबार १२:५४ मा प्रकाशित

काठमाडौ, २० कात्तिक २० । एमाले नेता केपी शर्मा ओलीले स्वास्थयमा सामान्य सुधार आएको छ । काठमाडौंबाट थप उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगिएका एमाले नेता केपी ओलीको अवस्था सामान्य रहेको उनका सहयोगी इन्द्र भण्डारीले जानकारी दिए ।
नेता ओलीसंगै रहेका भण्डारीका अनुसार आइतवार राती ९ बजे गरिएको परिक्षणको प्रतिवेदनले ओलीको स्वास्थ्य सामान्य रहेको देखाएको हो । मृगौला लगायतका संक्रमण देखिएको छैन उनले आइतवार साँझ खाना पनि खानुभयो ।

ओलीको स्वास्थ्य स्थितिमा सुधार आएन, उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो 

काठमाडौं, १९ कार्तिक । एमाले वरिष्ठ नेता केपी ओलीलाई थप उपचारका लागि आइतबार भारतको नयाँदिल्ली लगिएको छ । नर्भिक अस्पतालमा गराईरहेको ओलीलाई एयर एम्बुलेन्सबाट नयाँदिल्ली लगिएको हो ।

परिवारको इच्छा अनुसार भारत लगिने भएको छ । हाल ओलीको स्वास्थ्य स्थिति स्थिर रहे पनि उल्लेख्य सुधार हुन नसकेको कारण थप उपचारको लागि भारतको नयाँ दिल्ली स्थित मेदान्ता मेडिसिटी अस्पताल लगिएको हो । दिल्ली लैजानु अघि ओलीलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम अस्पताल पुग्नु भएको थियो । नेता ओलीले एयर एम्बुलेन्सबाटै सबैलाई अभिवादन गरेका थिए । उनको भारतको मेदान्त अस्पतालमा उपचार गरिने उहाँका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

शुक्रबार साँझ दुवै फोक्सोमा निमोनिया भएर सिकिस्त भएका एमाले नेता ओलीलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । करिब दुई साता लामो उपचार र अमेरिका बसाइ पछी गत साता मात्रै उहाँ स्वदेश फर्कनु भएको थियो । चिकित्सकहरुका अनुसार तीन सातादेखि निरन्तर खोकी र छातीको संक्रमणसँग जुधिरहेका ओलीको दुवै फोक्सोमा निमोनिया हुनुका साथै सेप्पिससमेत भएको छ । जसले गर्दा उनलाई नियमित श्वास प्रस्वाशमा अफ्ट्यारो परेको छ । नेता ओलीले केही वर्षअघि मृगौला प्रत्यापरोण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कर्मचारी समायोजनसम्बन्धी विवादमा सर्वोच्च अदालतको फैसला सार्वजनिक भएसँगै लोकसेवा आयोगलाई सम्पूर्ण परीक्षा सञ्चालन गर्न बाटो खुलेको छ ।

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप गिरीको निधन भएको छ । क्यान्सर रोगबाट पीडित नेता गिरीको आज राति ९:३० बजे

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही तीन प्रदेशमा भारी वर्षा हुने भएको छ । जल तथा मौसम विज्ञान विभागका

काठमाडौँ । काठमाडौँको बालाजुमा रहेको जुत्ता कारखानामा आगलागी भएको छ ।काठमाडौँ महानगरपालिका–१६ बालाजु बाइपास नजिकको एक घरमा केहीबेर अगाडि आगलागी