जुवा खेली रहेका अध्यक्ष सहित १४ पक्राउ

२० कार्तिक २०६९, सोमबार १०:५४ मा प्रकाशित

सुनसरी, २० कात्तिक । सुनसरीको इटहरीमा जुवा खेल्दै गरेको अवस्थामा पाएपछि प्रहरीले नेविसंघका सुनसरी जिल्ला अध्यक्ष विकास केसी सहित १४ जना आइतबार राती पक्राउ परेका छन् ।
प्रहरीले उनीहरुबाट २ लाख ६५ हजार रुपैयाँ बरामद गरेको छ । लामो समयदेखि तास खेलाउनमा संलग्न रहेको सूचनाको आधारमा सुनसरी प्रहरी कार्यालयको विशेष टोलीले छापा मार्दा  बिकास केसी, इटहरीका प्रदीप तामाङ, कृष्ण अधिकारी, राजन ढकाल,  दिपेश सिटौला गणेश दाहाल, खेमराज कोइरालालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै जुवाको खालबाट मोरङ इन्द्रपुरका परशुराम अधिकारी इटहरीका देवन थापा, विदुर ढकाल, सञ्जय बुढाथोकी र योगन राईलाइ पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यलय सुनसरी लगिएको इलाका प्रहरी कार्यलय इटहरीका प्रहरी निरीक्षक सागर थापाले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लक्षित जनसङ्ख्याभन्दा बढीलाई लगाइएको छ । नेपाल सरकारले यही असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि

बुटवल । गृहमन्त्री बालकृष्ण खाँणले भैरहवामा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल छिटोभन्दा छिटो सञ्चालनमा ल्याउन सरकारले पहल गरिरहेको बताएका छन् ।

काठमाडौं । आगामी मङ्सिर १० देखि १२ गतेसम्म १०औँ राष्ट्रिय महाधिवेशन तय गरेको नेकपा (एमाले) ले यही कात्तिकको पहिलो साता

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय