प्रदर्शनमा उत्रिएका महिला पक्राउ परेको विवरण झुट – तालिवान

१३ माघ २०७८, बिहीबार १०:२४ मा प्रकाशित

एजेन्सी । अफगानिस्तानमा तालिवान सरकारका प्रवक्ता जाबीहुल्लाह मुजाहिदले सरकारले महिलालाई पक्राउ गरेको भन्ने विवरण झुट भएको दाबी गरेका छन् । तालिवानले सत्ता सम्हाले महिलाहरु पक्राउ परेको र ऋंखलाबद्ध ढंगले उनीहरुका अधिकार कटौती गरिएका विवरण सार्वजनिक भइरहेका बेला प्रवक्ता मुजाहिदको दाबी आएको हो ।

तर, कानुन उल्लंघन गर्ने र विरोधीलाई पकाउ गर्ने अधिकार सरकारी अधिकारीहरुलाई भएको उनले बताएका छन् । ‘कसैले पनि अराजकता निम्त्याउनुहुन्न, किनकी यसले शान्ति र सुव्यवस्थामा असर गर्छ,’ अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीसँग उनले भने ।

उनले महिलाका अधिकार कटौती नभएको दाबी गरे पनि १५ अगस्टमा तालिवानले सत्ता सम्हालेपछि अफगानिस्तानमा महिलाहरुको अवस्था दयनीय भएको बताइन्छ ।

महिलाहरुले पूर्वसरकारमा रहेका सुरक्षाकर्मीको रहस्यमय हत्या र आफ्ना अधिकार कटौतीको विरोधमा राजधानीमा प्रदर्शन गर्दै आएका छन् ।तालिवानले सञ्चारकर्मीलाई महिला आन्दोलनको समाचार तथा फोटो खिच्न रोक लगाउदै आएका छन् ।

अफगानिस्तानस्थित राष्ट्रसंघीय सहयोग मिसनले महिला कार्यकर्ताहरुको अवस्थाबारे सूचना दिन तालिवानसँग आह्वान गर्दै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

टोकियो । जापान, अमेरिका, भारत र अस्ट्रेलियाले एसिया–प्यासिफिक क्षेत्रका पूर्वाधार परियोजनामा ५० अर्ब डलर बराबरको रकम लगानी गर्ने भएका छन्

किभ । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्ध अन्त्य गर्ने विषयमा आफूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग भेट गर्न चाहेको बताएका छन् ।

न्युयोर्क । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले मंकीपक्स भाइरस नियन्त्रणमा लिन सकिने जनाएको छ । भाइरसका १०० भन्दा बढी केसहरू युरोप,

न्युयोर्क । महामारी प्रतिबन्धको सहजतापछि सन् २०२१ मा विश्वव्यापी मृत्युदण्डमा ‘चिन्ताजनक वृद्धि’ भएको एम्नेस्टी इन्टरनेसनलले जनाएको छ । इरानमा सन्