गठबन्धनले मनाउने अन्तिम उत्सव सकियो – विष्णु रिमाल

१३ माघ २०७८, बिहीबार १०:१७ मा प्रकाशित

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेकपा (एमाले)का उपमहासचिव विष्णु रिमालले सत्ता गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ खुम्चिएको बताएका छन् ।

बुधबार १९ सिटका लागि भएको राष्ट्रियसभा निर्वाचनमा एमाले एक सिट मात्र जित्ता बाँकी सत्ता गठबन्धनले हात पारेकाे थियाे ।रिमालले बिहीबार सामाजिक सञ्जालमा भनेका छन्, ‘अपहरित पुरानो जनमतको बलमा गठबन्धनले मनाउने अन्तिम ‘उत्सव’ सकियो । चौतर्फी घेरा तोडेर विजयी सोनाम ग्याल्जेन शेर्पालाई हार्दिक बधाई ।’

उनले अहिलेकाे राष्ट्रियसभा निर्वाचन पुरानाे जनमत रहेकाे उल्लेख गर्दै आगामी स्थानीय प्रदेश र संघीय निर्वाचन नै ‘रियल’ हुने बताएका छन् ।

‘अब हुने निर्वाचन ‘रियल’ हो, जसले नयाँ जनादशेको मानक तय गर्नेछ। स्पष्ट छ, निर्वाचन हुँदा एक्लो एमाले सिंगाे गठबन्धनमाथि भारी हुने भएकैले उनीहरु चुनावबाट भाग्ने बहानावाजी गर्दैछन् । संविधान र कानुनमा छिद्र पार्दै त्यसबाट छिरेर मिहेनतका साथ जारी गरिएको संबिधान च्यात्ने धुनमा उनीहरु छन्,’ उनले भनेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी

काठमाडौं । काठमाडौं महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवार बालेन शाहको जित सुनिश्चित भएको छ । निकटतम प्रतिस्पर्धिसँग गन्न बाँकी मतभन्दा बढीको

काठमाडौं । वाग्मती प्रदेशका संस्कृति तथा पर्यटनमन्त्री दीपेन्द्र श्रेष्ठले त्रिभुवन पार्कको ५० रोपनी जग्गा कौडीको भाउमा भाडामा दिएको पाइएको बताएका

अमेरिकाको टेक्सासस्थित एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तीमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो