
काठमाडौं । इजिप्ट र गिनी अफ्रिकी कप अफ नेसन्सको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
इजिप्टले आइभरी कोस्टलाई पेनाल्टी सुटआउटमा ५-४ ले हरायो । निर्धारित ९० मिनेट र त्यसपछिको ३० मिनेटको अतिरिक्त समयमा समेत गोल नभएपछी खेल पेनाल्टी सुट आउटमा पुगेको थियो ।
अब इजिप्टले सेमिफाइनल प्रवेशका लागि मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति नै मालावीलाई २-१ गोल अन्तरले हराउँदै मोराेक्को अन्तिम आठमा पुगिसकेको छ ।
मालीलाई सडनडेथमा पराजित गर्दै गिनी अन्तिम आठमा प्रवेश गरेकाे छ । निर्धारित ९० र अतिरिक्त ३० मिनेटमा समेत खेलको नतिजा छिनोफानो नभएपछि पेनाल्टी भएको थियो ।
पेनाल्टी समेत ३-३ को बराबरी भएपछि खेलको छिनोफानो सडनडेथमा भएको थियो । जहाँ गिनीले बाजी मारेकाे हाे । अब गिनीले अन्तिम चार प्रवेशका लागि सेनेगलको सामना गर्नेछ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पहिलो पटक आयोजना गर्न लागेको नेपाल टी–२० लिगको टिमको नाम सार्वजनिक गरेको छ । क्यानको बसेको बोर्ड
काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले पुरुष र महिला राष्ट्रिय क्रिकेट टोलीका खेलाडीको पारिश्रमिक बृद्धि गरेको छ । क्यानको मंगलबार बसेको
काठमाडौं । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भिलारियलसँग २-० ले पराजित भएको छ । घरेलु मैदान
काठमाडौं । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।