एमालेले ७ सिट गुमाएपछि यस्तो बन्यो राष्ट्रियसभामा दलको अवस्था

१३ माघ २०७८, बिहीबार ०८:०५ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय सभा सदस्यका लागि बुधबार भएको १९ पदको निर्वाचनमा १ सिट बाहेक सबैमा सत्ता गठबन्धन विजयी भएको छ । पदावधि सकिन लागेका १९ राष्ट्रिय सभा सदस्यका लागि सात वटा प्रदेशमा निर्वाचन भएको थियो ।

निर्वाचन भएका १९ सदस्य मध्ये एमालेका ८, एकीकृत समाजवादी र माओवादी केन्द्रका ४/४ र कांग्रेसका ३ सदस्यको आगामी २० फागुनमा पदावधि सकिँदैछ ।

बुधबार निर्वाचनमा नेकपा एमालेले सकिन लागेको आफ्नो कोटाको ८ मध्ये १ सिटमात्र जोगाएको छ भने बाँकी ७ सिट गुमाएको छ । एमालेले गुमाएको सात सिट गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र जनमोर्चाले पाएका छन् । यति हुँदा पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै कायम रहने छ ।

राष्ट्रिय सभामा अब कांग्रेसले ३, माओवादी केन्द्र र एकीकृत समाजवादीले १-१ र जसपाले १ सिट बढाएका छन् भने राष्ट्रिय जनमोर्चाले पनि एक सिट पाएको छ । तर पनि राष्ट्रिय सभाको ठूलो दल भने एमाले नै रहेन छ ।

राष्ट्रिय सभामा एमालेका २४ सिट छन् । आजको मतपरिणाम पछि ७ सिट गुमाउँदा पनि एमालेको १७ सिट हुन जान्छ । राष्ट्रिय सभामा दोस्रो ठूलो दल नेकपा माओवादी केन्द्र हो । आजको जितसँगै उसको १५ सिट पुगेको छ भने कांग्रेसको १० सिट पुगेको छ । त्यस्तै, एकीकृत समाजवादीको ८ र जसपाको ३ सिट तथा राजमोको १ सिट हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय

काठमाडौं। निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो

काठमाडौं । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा

काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । विभिन्‍न कारणले जग्गा