ड्याश माओवादी अर्को जनयुद्धको तयारीमा

२० कार्तिक २०६९, सोमबार १०:४८ मा प्रकाशित

काठमाडौ, २० कार्तिक । मोहन बैद्यले नेतृत्व गरेको ड्याश माओवादी अर्को जनयुद्धको आन्तरिक तयारीमा जुटेको छ । ड्याश माओवादीले अर्को जनयुद्ध सफल पार्न आवश्यक ‘फौजी मोर्चा’ समेत तयार गरिरहेको छ । ड्याश माओवादीको जारी बैठकमा अध्यक्ष मोहन वैद्यद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा जनयुद्ध सफल पार्न आवश्यक फौजी मोर्चा बनाइने उल्लेख गरिएको छ । प्रतिवेदनमा यस अघि भएको क्रान्तिको विश्लेषण गर्दै अर्को जनयुद्ध सफल पार्न आवश्यक सशक्त भूमिका निभाउन फौजी मोर्चा आवश्यक भएको उल्लेख गरिएको छ । मूल पार्टी एमाओबादी प्रति लक्षित हुदै प्रतिवेदनमा भनिएको छ ‘पटक-पटक पार्टीहरूले फौजी मोर्चा बनाए पनि दलका नेताको स्वार्थ पूर्ति भएपछि विसर्जन भएको भन्दै सत्ताको आमूल परिवर्तन लागि दीर्घकालीन लडाई लड्ने फौजी मोर्चा बनाइने छ ।’ ड्याश माओवादी श्रोतका अनुसार परस्थितिको विश्लेषण गर्दै अर्को जनयुद्धको आन्तरिक तयारी स्वरूप सशक्त फौजी मोर्चा गठन गर्ने बारे जारी बैठकमा छलफल चलेको छ । यसको लागि सो पार्टीको राष्ट्रिय युवा जनस्वयंसेवक लाई फौजी मोर्चामा परिणत गरिने भएको छ । ड्याश माओवादी अध्यक्ष वैद्यको करिब सय पृष्ठ लामो राजनीतिक प्रतिवेदनमा देशभक्त र राष्ट्रवादीहरूसँग कार्यगत एकता गर्नु पर्ने समेत उल्लेख गरिएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

चितवन।माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपालको चितवनमा आयोजना भएको चौथो राष्ट्रिय महाधिवेशनले १९ बुँदे घोषणापत्र सार्वजनिक गरेको छ । १९

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय