लक्ष्यभन्दा ९२ प्रतिशत बढी राजस्व सङ्कलन

१२ माघ २०७८, बुधबार १५:२३ मा प्रकाशित

जलेश्वर । महोत्तरीको जलेश्वर भन्सार कार्यालयले चालु आर्थिक वर्षको पहिलो छ महिनामा रु एक अर्ब ५७ करोड १६ लाख १८ हजार राजस्व सङ्कलन गरेको छ । यो लक्ष्यको तुलनामा १९१ दशमलव ९० प्रतिशत बढी हो ।

सो अवधिमा कार्यालयले रु ८१ करोड ८९ लाख ५६ हजार राजस्व सङ्कलन गर्ने लक्ष्य लिएको भन्सार अधिकृत एवं सूचना अधिकारी दिव्यरञ्जन दाहालले जानकारी दिए ।

कार्यालयले गत साउन महिनामा सबैभन्दा बढी १२१ प्रतिशत र गत पुसमा सबैभन्दा कम ६६ प्रतिशत लक्ष्यको तुलनामा बढी राजस्व सङ्कलन गर्न सफल भएको कार्यालयका राजस्व शाखाका नायब सुब्बा शशि विश्वकर्माले बताए ।

कार्यालयले चालु आर्थिक वर्षको अहिलेसम्मको प्रत्येक महिनामा लक्ष्यभन्दा बढी नै राजस्व सङ्कलन गर्दै आएको बताउँदै उनले समग्रमा लक्ष्यको तुलनामा ९१ दशमलव ९० प्रतिशत बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपालको आयात प्रत्येक वर्ष बढ्दो छ । खाद्यन्नदेखि लगाउने वस्तु सबै विदेशबाट आउँछ । आयात बढ्दै जाँदा नेपाली ठूलो

नेपाल राष्ट्र बैंकले आन्तरिक तथा बाह्य क्षेत्रमा परेको दबाब कम गरी आर्थिक स्थायित्व कायम गर्न ब्याजदरका साथै अन्य छनोटपूर्ण उपकरण

न्युयोर्क । विश्व बैंकले युक्रेनमा रुसी हमलाले खाद्यान्न, उर्जा र मलको मूल्य बृद्धि हुँदा विश्वव्यापी मन्दी आउन सक्ने चेतावनी दिएको छ

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको सञ्चालकमा डा. शंकरप्रसाद आचार्य र चिन्तामणि शिवाकोटीलाई नियुक्त गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले शिवाकोटी