भारतकाे ७३ औं गणतन्त्र दिवस: गुगल र माइक्रोसफ्टका सीइओ पद्म भूषणबाट सम्मानित

१२ माघ २०७८, बुधबार १४:४९ मा प्रकाशित

नयाँ दिल्ली। भारतले विश्व प्रसिद्ध सर्च इन्जिन गुगलका सीइओ सुन्दर पिचाई र माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ सत्य नाडेलालाई पद्म भूषणले सम्मान गरेको छ । पद्म भूषण भारत रत्न र पद्म विभूषणपछिको भारतको तेस्रो ठूलो सम्मान हो ।

७३ औं गणतन्त्र दिवसको अवसरमा उनीहरुलाई सो सम्मान दिइएको हो । व्यापार र उद्योग श्रेणी अन्तर्गत उनीहरुलाई सो सम्मान दिइएको हो । उनीहरु दुबै भारतीय मूलका अमेरिकी व्यवसायी हुन् ।  मद्रासमा १० जुन १९७२ मा जन्मिएका  पिचाईले पश्चिम वंगालको औधोगिक सहर खड्पुरको इन्डियन इन्स्टिच्युटबाट स्नातकोत्तर गरेका हुन् ।

त्यस्तै,माइक्रोसफ्टका कार्यकारी अध्यक्ष तथा सीइओ नाडेलको जन्म सन् १९६७ को १९ अगस्टमा हैदराबादमा भएको थियो । सरकारले यस पटक ४ जनालाई पद्म विभूषण, १७ जनालाई पद्म भूषण र १०७ जनालाई पद्म श्री पुरस्कारबाट सम्मान गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

बेइजिङ। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन् । अस्ट्रियाका

काठमाडौं । फाइजर इन्कले आज ‘स्वस्थ संसारका लागि एक सम्झौता‘ को सुरुवात गरेको छ। यस पहलको उद्देश्य अमेरिका र युरोपेली

काठमाडौँ । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले निजगढ विमानस्थल नबनाउनु भन्ने सर्वोच्चको आदेश प्रभावमा परेर गरेको निर्णय भएको आरोप लगाएकी

आजको प्रमुख समाचार