कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीको फोनवार्ता

१२ माघ २०७८, बुधबार १४:४७ मा प्रकाशित

नोम्पेन्ह । कम्बोडिया र मलेसियाका प्रधानमन्त्रीबीच फोनवार्ता भएको छ । उनीहरुबीच मंगलबार फोनमा कुराकानी भएको कम्बोडियाली विदेश मन्त्रालयले जनाएको छ । कम्बोडियाका प्रधानमन्त्री सम्डेक टोको हुनसेन र मलेसियाली प्रधानमन्त्री इस्माइल साबिरी याकोबीचको सो फोनवार्तामा द्धिपक्षीय विविध विषयमा कुराकानी भएको थियो ।

कम्बोडिया एसोसिएसन अफ साउथ इस्ट एसियन नेसन, आसियनको सन् २०२२ का लागि अध्यक्ष राष्ट्र पनि हो । त्यस फोनवार्ताका क्रममा आसियनका पनि विभिन्न विषयहरुमा छलफल भएको पनि कम्बोडियाको विदेश मन्त्रालयले मंगलबार प्रकाशन गरेको प्रेस वक्तव्यमा जानकारी दिएको छ ।

त्यस फोनवार्ताका क्रममा कम्बोडियाली प्रधानमन्त्री हुनसेनले हाल कम्बोडियामा काम गरिरहेका मलेसियाली नागरिकहरुलाई कोभिडका विरुद्धको खोपदेखि अरु पनि सहयोग गर्ने बाचा गरेकाे बताइएको छ । उनीहरुबीच कोभिड महामारीका विरुद्धमा एक भएर लड्ने र एक आपसमा सहयोग उपलब्ध गराउने विषयमा पनि समझ्दारी भएको पनि उक्त वक्तव्यमा बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

रियाद । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको

बेइजिङ। अमेरिकी विदेश सचिव एन्टोनी ब्लिन्केनले सुरक्षा दृष्टिकोणलाई मध्यनजर गर्दै बेइजिङको ‘बढ्दो प्रभाव’लाई सञ्तुलित गर्नुपर्ने बताएपछि अमेरिकी अधिकारीले चीनबारे भ्रामक

काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनको बन्दरगाह प्रतिबन्ध विश्वव्यापी खाद्यान्न अभावको कारण भएको कुरा अस्वीकार गरेका छन् । अस्ट्रियाका

काठमाडौं । फाइजर इन्कले आज ‘स्वस्थ संसारका लागि एक सम्झौता‘ को सुरुवात गरेको छ। यस पहलको उद्देश्य अमेरिका र युरोपेली