राष्ट्रियसभाका १९ वटै सिट सत्ता गठबन्धनले जित्ने माधव नेपालकाे दाबी

१२ माघ २०७८, बुधबार १४:१४ मा प्रकाशित

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी्र)का माधवकुमार नेपालले राष्ट्रिय सभाका सबै सिट सत्तारूढ गठबन्धनका उम्मेदवारले जित्ने दाबी गरेका छन् ।

बुधबार पार्टी केन्द्रीय कार्यालय शान्तिनगरमा आयोजित एक कार्यक्रममा पार्टी प्रवेश गरेकाहरूलाई स्वागत गर्दै अध्यक्ष नेपालले जारी निर्वाचनबाट राष्ट्रिय सभाका १९ वटै सिट गठबन्धनले जित्ने बताएका हुन् । ‘आज राष्ट्रिय सभा चुनाव भइरहेको छ। सबै ठाउँमा हामी जित्छौं । त्यसले पनि एउटा तरंग पैदा गर्नेछ ।’ उनले भने ।

आगामी फागुन २० गते नेकपा (एमाले) का आठ, नेकपा (एकीकृत समाजवादी) का चार, नेकपा (माओवादी केन्द्र) का चार र नेपाली कांग्रेसका तीन राष्ट्रियसभा सदस्यको पदावधि सकिँदैछ । त्यसकै पदपुर्तिका लागि आज सातवटै प्रदेशमा निर्वाचन भैरहेको छ ।

निर्वाचनका लागि सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा हुनेछ । सत्ता गठबन्धनमा रहेका दलहरूले आफ्ना सिट यथावत् राखेर एमालेका खाली हुने सिटमा भागबन्डा गरिसकेकाे छ ।थप एकजना भने राष्ट्रपतिबाट मनोनीत हुनेछन् ।

त्यस्तै, अध्यक्ष नेपालले संविधानलाई सर्वोपरि राखेर कानुनअनुसार एकै पटकमा तीनै तहकै चुनाव गरे खर्च जाेगाउन सकिने कुरामा पनि जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष

महोत्तरी । महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि

काठमाडौं । सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र

आजको प्रमुख समाचार