राष्ट्रिय टोलीमा नाै नयाँ अनुहार, दुई खेलका लागि दुई टिम

१२ माघ २०७८, बुधबार १२:३४ मा प्रकाशित

काठमाडौं। अखिल नेपाल फुटबल संघ (एन्फा)ले मौरिसससँग हुने दुई मैत्रीपूर्ण खेलका लागि सबै ३४ सदस्यीय टोली घोषणा गरेको छ । माैरिसससँग हुने दुई खेलमा दुई टाेली गठन गरी खेलाडीलाई मैदानमा उतारिने भएकाे छ ।

प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले १५ र १८ माघमा दशरथ रंगशालामा हुने दुई खेलमा लागि जगजित श्रेष्ठ, विमल घर्ती मगर, दर्शक गुरुङ, शुभाष गुरुङ र देवेन्द्र तामाङलाई पुनरागमन गराउँदा नाै नयाँ अनुहारलाई मौका दिएका छन् ।

नयाँ खेलाडीमा गोलरक्षक टिकेन्द्र थापा, सत्रुघन चाैधरी, मिडफिल्डर सुदिप गुरुङ, नवीन गुरुङ, आशिष राई, प्रशान्त अवस्ती, शुसिल राई र फरवार्ड आकाश बुढा मगर र कृतिश रत्न छुन्जु रहेका छन् ।

पहिलाे खेल खेल्ने नेपाली टोली
गोलरक्षकः किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, टिकेन्द्र सिंह थापा,
डिफेण्डरः गौतम श्रेष्ठ, दिनेश राजबंशी, देवेन्द्र तामाङ, सुमन अर्याल, सुरज जिउ ठकुरी,
मिडफिल्डरः सुदिप गुरुङ, सुमन लामा, तेज तामाङ, विशाल राई, सुजल श्रेष्ठ, मनिष डांगी, अन्जन बिष्ट, आशिष लामा,
स्ट्राइकरः दर्शक गुरुङ, विमल घर्ती मगर, सुनिल बल, नितिन थापा, आकाश बुढा मगर, कृतिश रत्न छुन्जु, जगजित श्रेष्ठ

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भिलारियलसँग २-० ले पराजित भएको छ । घरेलु मैदान

काठमाडौं । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन् । पर्सिजाले एक भिडियो

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान