रशिला विश्व वरीयताको ७औं स्थानमा

१२ माघ २०७८, बुधबार १२:११ मा प्रकाशित

काठमाडौं । राष्ट्रिय च्याम्पियन रशिला महर्जन विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेको विश्व वरीयतामा जुनियर महिला एकल तर्फ सातौं स्थानमा पुग्न सफल भएकी छिन् ।

जुनियर महिला एकल तर्फ १९औं स्थानमा रहेकी रशिला विश्व महिला जुनियर तर्फ उच्च स्थानमा पुगेकी पहिलो नेपाली महिला खेलाडी हुन् ।

नेपाल ब्याडमिन्टन संघले विज्ञप्ति जारी गर्दै महर्जनलाई विश्व ब्याडमिन्टनको महिला जुनियर तर्फ उच्च स्थानमा पुग्दै नेपाल राष्ट्र, खेलकुद क्षेत्र र नेपाली ब्याडमिन्टनको शान, मानलाई उच्च राख्न सफल भएकोमा बधाई ज्ञापन गर्दै आगामी दिनमा अझ मेहनतका साथ अगाडी बढ्न सफलता प्राप्त होस् भन्दै शुभकामना व्यक्त गरेको छ ।

साथै संघले नेपाली ब्याडमिन्टन खेलाडीहरूले एक पछि अर्को उचाईलाई छुन सफल भएकोमा खुशी व्यक्त गर्दै नेपाल ब्याडमिन्टन संघमाथि खेलाडीहरूको स्तरलाई कायम राख्न र अन्य खेलाडीहरूको स्तरलाई पनि उकास्न थप दवाव परेको र त्यसमा संघ सदा अग्रसर रहने विज्ञप्तिमा जनाएको छ ।

विश्व ब्याडमिन्टन महासंघले हालै प्रकाशित गरेकोमा नेपालका अर्का उदियमान खेलाडी प्रिन्स दाहाल पुरुष जुनियर एकल तर्फ पहिलो नम्बरमा पुग्न सफल भएका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भिलारियलसँग २-० ले पराजित भएको छ । घरेलु मैदान

काठमाडौं । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ ।

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टोलीका सदस्य रोहित चन्दले इन्डोनेसियाको शीर्ष डिभिजन क्लब पर्सिजा छोडेका छन् । पर्सिजाले एक भिडियो

काठमाडौं । नेपाल राष्ट्रिय फुटबल टिम र अफगानिस्तानबीच हुने तय भएको मैत्रीपूर्ण खेल रद्द भएको छ । एन्फा महासचिव इन्द्रमान