भारतमा ७३ औं गणतन्त्र दिवसः यसरी तयार भएको थियो संविधान

१२ माघ २०७८, बुधबार ०९:४२ मा प्रकाशित

नयाँ दिल्ली।आज भारतका लागि एतिहासिक दिन हो । भारतले आज ७३ औं गणतन्त्र दिवस मनाइरहेको छ । आजकै दिनदेखि भारतको संविधान कार्यान्वयनमा आएको थियो । सन् १९५० देखि हरेक वर्ष विभिन्न सांस्कृतिक र सैन्य तामझामसहित २६ जनवरीमा भारतले गणतन्त्र दिवस मनाउदै आएको छ । भारतले ब्रिटीश सम्राज्यबाट स्वतन्त्रत भएको उपलक्ष्यमा हरेक १५ अगस्टमा स्वतन्त्र दिवस मनाउँछ भने संविधान लागू भएको दिन अर्थात २६ जनवरीमा गणतन्त्र दिवस मनाउँछ ।

सन् १९४७ मा भारत स्वतन्त्र भएको थियो । स्वतन्त्र भएको केही दिनमै अर्थात २९ अगस्टमा स्वतन्त्र भारतका लागि संविधानको मस्यौदा तयार गर्न एउटा समिति गठन भएको थियो । सोही वर्षको ४ नोभेम्बरमा समितिले संविधानको मस्यौदा तयार पारेर संविधान सभामा पेस गरेको थियो । संविधानलाई अन्तिम रुप दिन झन्डै दुई वर्षसम्म संविधान सभाको अनगिन्ति वैठक बसेको थियो ।

मस्यौदमा वृहत छलफल र केही परिमार्जनपछि सन् १९५० को २४ जनवरीमा संविधान सभाका ३०८ सदस्यहरुले सम्झौताको एउटा मूल पाठमा हस्ताक्षर गरेका थिए । मूल पाठ अंग्रेजी र नेपाली दुई भाषामा थियो । त्यसको दुई दिनपछि सो संविधान कार्यन्वयनमा आएको थियो । सोही दिन डा. राजेन्द्र प्रसाद राष्ट्रपतिको रुपमा आफ्नो पहिलो कार्यकाल सुरु गरेका थिए ।

सन् १९५० मा औपचारिक रुपमा ग्रहण गरिएको भारतको संविधानले व्रिटीश उपनिवशेकालीन गभर्मेन्ट अफ इन्डिया एक्ट, (सन् १९३५) लाई औपचारिक रुपमा विस्थापित गरेको थियो । संविधान कार्यान्वयनसँगै भारत संक्रमणकालबाट सार्वभौमसत्ता सम्पन्न गणतान्त्रिक  देश बनेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै

काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका

सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका

कोलम्बो । श्रीलङ्कामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा