
एजेन्सी । फ्लोरिडाको तटमा शनिबार राति एउटा डुंगा डुब्दा हराइरहेका ३९ जना यात्रुको खोजी कार्य तीव्र पारिएको अमेरिकाको तट रक्षक अधिकारीहरुले जनाएका छन् ।
एक माझीले मंगलबार डुंगामा झुन्डिएका एक व्यक्तिलाई देखेपछि डुंगा दुर्घटना भएको सार्वजनिक भएको थियो । दुर्घटनमा बाँचेका ती व्यक्तिका अनुसार बाहामासको बिमिनीबाट शनिबार एउटा समूह डुंगामा चढेको थियो । पहिचान नखुलेका ती व्यक्तिका अनुसार कुनै पनि यात्रुले लाइफ ज्याकेट लगाएका थिएनन् ।
बिमिनी टापु बाहामासको सुदूरपश्चिम क्षेत्र हो, जुन मियामीबाट केबल ८० माइल दूरी टाढा पर्छ
डुंगामार्फत मानव तस्कर गरिएको हुनसक्ने तटीय अधिकारीहरुले अनुमान गरेका छन् । मियामीको तट रक्षक निकायले पानी जहाज र विमानमार्फत समुद्रमा डुबेका मानिसहरुको खोजी गरेको जनाएको छ ।
शनिबार दुर्घटना भएको सो डुंगाका यात्रुमध्ये मंगलबारसम्म कुनै पनि जीवित फेला नपरेको प्राप्त विवरणहरुमा जनाइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
महामारी परास्त गर्न चीनको शून्य–कोभिड रणनीति दिगो नभएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)का प्रमुखले बताएका छन् । महामारी सुरु भएदेखि नै
काबुल । अफगानिस्तानमा तत्कालीन तालिबान लडाकुहरूले सत्ता कब्जा गरेपछि अहिलेसम्म झन्डै नौ लाख मानिसले जागिर गुमाएका छन् । अफगानिस्तानको पुनर्निर्माणका
सोल । दक्षिण कोरियाले उत्तर कोरियासँगको वार्ताको ढोका खुला राख्ने जनाएको छ । दक्षिण कोरियाका नवनियुक्त राष्ट्रपतिले सो कुरा बताएका
कोलम्बो । श्रीलङ्कामा केही दिनयता देखि सुरु भएको आर्थिक सङ्कटको अवस्था झनै गहिरिएको छ । यहाँको आर्थिक सङ्कटका कारणले गर्दा