गौतम बुद्धको जन्मस्थल लुम्बिनी हुँदै आउने पर्यटक घटे

२० कार्तिक २०६९, सोमबार १०:२९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, २० कार्तिक । स्थलमार्गको बेलहिया नाका भएर नेपाल प्रवेश गर्ने पर्यटकहरूको संख्या गत वर्षको तुलनामा वृद्धि भएपनि गत अक्टोबरमा भने संख्या घटेको छ ।  अध्यागमन कार्यालय बेलहियाका अनुसार सन् २०१२ को जनवरी, फेब्रुअरी, मार्च, अप्रिल र जुन महिनामा पर्यटक आगमन वृद्धि भएपनि मे, जुलाई, अगस्त र सेप्टेम्बर र अक्टोबरमा गत वर्षभन्दा पनि कम पर्यटक आगमन भएको हो । यो वर्ष १० महिनासम्ममा १ लाख ६ हजार ९ सय ३६ विदेशी पर्यटक भारतीय बाहेक आगमन भएको छ, जुन गत वर्षको यही अवधिको तुलनामा ५ हजार ३१ ले बढी हो । ‘तुलनात्मक रूपमा पर्यटक आगमनमा वृद्धि भएपनि पछिल्लो ४ महिनामा भने आगमन घट्दै गएको छ,’ अध्यागमन प्रमुख यादव राज पाण्डेले भने । पाण्डेका अनुसार सिजन मानिएको अक्टोबर महिनामा जम्मा १३ हजार ३ सय ९३ पर्यटक आए, जुन अघिल्लो वर्षको अक्टोबर महिनाको तुलनामा ३ हजार ८ सय १८ ले कमी हो । गत वर्ष अक्टोबरमा बेलहिया हुँदै १७ हजार २ सय ११ पर्यटक आएका थिए । अक्टोबर महिनामा स्थलमार्गबाट मात्र नभई हवाई मार्ग ९त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल०बाट आउने पर्यटकमा समेत ७ दशमलब ३ प्रतिशतले कमी आएको छ । अक्टोबरमा स्थलमार्ग बेलहिया हुँदै सबैभन्दा बढी ४ हजार ७ सय ७९ श्रीलंकनहरू आएका छन् । त्यस्तै गरी थाइल्यान्डका २ हजार ८ सय ५४, बर्माका १ हजार ७ सय ७७, भियतनामका ७ सय ७०, दक्षिण कोरियाका ३ सय ८१, जर्मनीका ३ सय ३८, चीनका २ सय २७ लगायत बाँकी अन्य मुलुकका रहेको अध्यागमन कार्यालयले जनाएको छ । गएको बैशाख, जेष्ठ महिनामा भएको लामो बन्द हड्तालपछि पर्यटक आगमन घट्दै जान थालेको पर्यटन व्यवसायीहरूको भनाइ छ । पर्यटकका लागि सिजन मानिएको महिनामा विगत वर्षका तुलनामा पर्यटक आगमन घट्दै जान थालेपछि यस क्षेत्रका पर्यटन व्यवसायी चिन्तित बन्न थालेको सिद्धार्थ एशोसियसन अफ ट्राभल एन्ड टुरिजम एजेन्ट ९साट्टा०का अध्यक्ष संजय बजिमयले बताए । पर्यटकहरूलाई लक्षित गरी बेलहिया, भैरहवा, लुम्बिनी, बुटवल र हाईवे क्षेत्रमा धमाधम होटल निर्माण भैरहेको र सञ्चालनमा आएका होटलहरूको स्तरउन्नति का लागि करोडौंका लगानी भएको अवस्थामा पर्यटक आगमनमा कमी हुँदा व्यवसायीहरू चिन्तित रहेको सिद्धार्थ होटल एशोसियसन९सान०का कार्यवाहक अध्यक्ष तथा होटल नान्सका प्रबन्ध निर्देशक चन्द्र प्रकाश श्रेष्ठ९सि।पी।०ले बताए । पर्यटक आगमनमा कमी आउनुमा मुख्य कारण प्रचार प्रसारको कमी हो । भारतको गोरखपुर, बनारस, लखनउ लगायतका दिल्ली लगायतका स्थानमा प्रचार प्रसार हुन नसक्दा भारत हुँदै आउने पर्यटकहरू उतैबाट फिर्ता जाने गरेका छन् भने विभिन्न समयमा हुने बन्द हड्तालका कारण पनि नकारात्मक सन्देश प्रवाह भैरहेको छ । स्थलनाका बेलहिया हुँदै नेपाल प्रवेश गर्ने पर्यटक मध्ये करीब ९० प्रतिशतको मुख्य गन्तब्य गौतम बुद्धको जन्मस्थल लुम्बिनी हो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले सोमबारका लागि बोलाएका फुलकोर्ट बैठक अन्य न्यायाधीशले बहिस्कार गर्ने घोषणा गरेका छन् । आइतबार

जनकपुरधाम । कांग्रेसका नेता प्रकाशमान सिंहले सभापति र पदाधिकारीहरूकै स्वार्थ र लापरबाहीले पार्टी अवैधानिक हुने अवस्थामा पुगेको आरोप लगाएका छन्

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा संघीयता उल्टाउने प्रयत्न भएको बताएका छन् । आइतबार काठमाडौंमा पदम

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

आजको प्रमुख समाचार