शान्तिप्रक्रियामै सबै कुरा अडकियोः सभापति कोइराला

९ चैत्र २०६८, बिहीबार १७:२८ मा प्रकाशित

काठमाडौ, ९ चैत । नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले शान्तिप्रक्रिया टुङ्ग्याएर समयमै नयाँ संविधान जारी गर्ने पक्षमा आफूहरु क्रियाशील रहेको भएता पनि शान्तिप्रक्रियामै आएर अहिले कुरा अड्किएको बताउनुभएको छ । आफ्नो निवास महाराजगन्जमा आज बिहान नेपाल जेसिजको ज्ञापनपत्र बुझेपछि सञ्चारकर्मीसँगको कुराकानीमा सभापति कोइरालाले शान्तिप्रक्रिया नटुङ्गिएसम्म मुलुकमा संविधान जारी हुन नसक्ने दाबी गर्नुभयो । नयाँ संविधान जेठ १४ गतेभित्र नै जारी गर्नका लागि नेपाली काङ्ग्रेसले सङ्घर्ष गरिरहेको उल्लेख गर्दै सभापति कोइरालाले विगतमा भएका सहमति कार्यान्वयनमा एकीकृत नेकपा (माओवादी)ले चासो देखाउन नसकेको बताउनुभयो ।
उपसभापति रामचन्द्र पौडेलले शान्तिप्रक्रियाका बाँकी केही विषय अगाडि बढाउनुपर्ने भन्दै शान्तिप्रक्रियामा हुने सहमतिका आधारमा नै संविधानका विवादित विषय टुङ्ग्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो । नेपाल जेसिजका अध्यक्ष तेजशङ्कर भट्टले शान्ति र संविधानका लागि प्रमुख दलहरुलाई दबाब स्वरुप यसअघि एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष झलनाथ खनाललाई ज्ञापनपत्र बुझाइसकेको जानकारी दिनुभयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

बुटवल । गत शुक्रबारबाट सम्पर्कविहीन भएकी लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री वलीको अदृष्य स्थानबाटै प्रेस विज्ञप्ति बाहिर आएको छ ।

जनकपुरधाम । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ भ्रमरपुराकी २६ वर्षीया सुजिता ठाकुर हत्या मुद्दामा उनका बुबासहित थप तीनजनालाई प्रहरीले पक्राउ गरेको

काठमाडौं । दार्चुलाको महाकाली नदीमा व्यास गाउँपालिका–२ का जयसिंह धामी बेपत्ता भएको घटनालाई लिएर युवा संघले काठमाडौंस्थित भारतीय राजदूतावासको कार्यालय

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका कारण देशमा राजनीतिक संकट उत्पन्न भएको आरोप