पाकिस्तानका अफ्रिदी आईसीसी क्रिकेटर अफ दि इयर

१० माघ २०७८, सोमबार १७:२६ मा प्रकाशित

काठमाडौं । पाकिस्तानका तीव्र गतिका बलर साहिन शाह अफ्रिदी आईसीसी ‘क्रिकेटर अफ दि इयर’ घोषित भएका छन् । सन् २०२१ मा ३६ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २२ दशमलव २० को औसतमा ७८ विकेट हात पारे ।

गत वर्ष विशेषतः अफ्रिदीले टेस्ट र टी-२० क्रिकेटमा निकै राम्रो छाप छोडे । टी-२० विश्वकपमा आफ्नो ‘पिक प्वाइन्ट’ मा रहेका अफ्रिदीले प्रतियोगितामा विश्व क्रिकेटका हस्तिहरूलाई पछि पारे ।

पाकिस्तानले सेमिफाइनलसम्मको यात्रा तय गर्दा अफ्रिदीले ६ खेलमा सात विकेट लिए । गत वर्ष क्रिकेटको सबैभन्दा सानो संरचनामा २१ अन्तर्राष्ट्रिय खेल खेलेका अफ्रिदीले २३ विकेट लिए ।

विश्वकपमा चिरप्रतिद्वन्द्वी भारतविरुद्धको उनको स्पेल सबैभन्दा स्मरणीय रह्यो । चार ओभरमा ३१ रन खर्चिएर तीन विकेट लिँदा उनको बलमा पभेलियन फर्किने ब्याटरमा भारतीय टोलीका तत्कालीन कप्तान विराट कोहलीसहित ओपनरद्वय रोहित शर्मा र लोकेश राहुल थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत शुक्रबार राति भएको खेलमा रियल मड्रिड रियल बेटिससँग बराबरीमा रोकिएको छ । लिगको अन्तिम खेलमा

काठमाडौँ । चेन्नई सुपर किङ्सलाई ५ विकेटले हराउँदै राजस्थान रोयल्स इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२ टी-ट्वान्टी क्रिकेट प्रतियोगिताको प्ले अफमा

काठमाडौं । विवादको समस्या पहिचान र सिफारिस कार्यदलले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह

काठमाडौं । विश्व फुटबल महासंघ (फिफा) ले कतारमा हुने विश्वकप फुटबलका लागि महिला रेफ्रीसहित पदाधिकारीको सूची सार्वजनिक गरेको छ ।