बिपि प्रतिष्ठान बेल्जियमद्वारा पुष्पा बस्नेतलाई सहयोग

२० कार्तिक २०६९, सोमबार ०७:०० मा प्रकाशित

बिष्णु सापकोटा, बेल्जियम । बिपि प्रतिष्ठान बेल्जियमद्वारा सिएनएन हिरो २०१२ मा नोमिनेशन हुनु भएकी पुष्पा बस्नेतको संस्थालाई आर्थिक तथा भौतिक सहयोग प्रदान गरेको छ । बिगत ५ बर्ष देखि नेपालका कारगारहरुमा बन्दी जीवन बिताई रहेका कैदीहरुका बालबालिकाहरुको रेखदेख, शिक्षा दिक्षा तथा उज्यालो भविष्यको लागी अभिभावकको रुपमा ४२ बालबालीकाहरुको संरक्षण र सम्बर्धन गर्दै आउनु भएकी पुष्पा बस्नेतको संस्था वाल विकाश केन्द्र इसीडिसी लाई बिपि स्मृति प्रतिष्ठान बेल्जियमकी सचिव सीता सापकोटाले एक कार्यक्रमका बिच नगद तथा जिन्सी सामान हस्तान्तरण गनु भएको थियो । कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य दीपक गिरी, बरिष्ठ पत्रकार बिजय कुमार, पत्रकार कुलचन्द्र न्यौपाने, एनआरएनका केन्द्रीय सल्लाहकार जुगल भुर्तेल, एनआरएन जर्मनीका अध्यक्ष पुष्प थापा तथा एनआरएन अन्तराष्ट्रीय समन्वय समिति समाजिकक कार्य दलका कपील थापाको समुपस्थितिमा उक्त नगद तथा जिन्सी समान हस्तान्तरण गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथिको रुपमा रहनु भएका काँग्रेस केन्द्रीय सदस्य दीपक गिरीले प्रवाशमा रहेका नेपालीहरुले प्रवाशमा रहेरपनि नेपाल र नेपालीका निमित्त सहयोग र सद्भाव राख्दै आएकोमा मुक्त कण्ठले प्रशंशा गर्नु भएको थियो । कार्यक्रममा बरिष्ठ पत्रकार बिजय कुमार, कान्तिपुर दैनीकका कुलचन्द्र न्यौपाने, एनआरएनका जुगल भुर्तेल, एनआरएन जर्मनीका अध्यक्ष पुष्प थापा तथा एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदका सदस्य कपिल थापाले पुष्पा बस्नेतको योगदान र बिदेशमा बस्ने नेपालीहरुको सहयोगको सराहना गर्नु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

लण्डन । पिटरवरोमा रहेका नेपालीहरूले दशैं भव्य रूपमा मनाएका छन् । पिटरवरोस्थित नेपाली हलमा आयोजित कार्यक्रममा विविध सांस्कृति कार्यक्रम सहित

विगत १३ वर्षदेखि अमेरिकाको वाल्टिमोरलाई आफ्नो कर्मभूमि बनाई बसिरहेका राजु पराजुली सम्मानित भएका छन् । उनी ‘वाल्टिमोर कन्ट्री एकजुकेटिभ जोन

लण्डन । बेलायती सेनामा भिक्टोरिया क्रस ९भिसी० पाउने पहिलो गोर्खा सैनिक कुलवीर थापामगरको सालिक अनावरण गरिएको छ । अल्डरसटस्थित प्रिन्सेस