मुग्लानीको १५ डबली सम्पन्न

१९ कार्तिक २०६९, आईतवार २०:०४ मा प्रकाशित

दोहा, कतार । “साहित्य जिवन र जगतको दर्पण हो” भन्ने मुलनाराका साथ विगत लामो समय देखी कतारको अल्खोरमा स्थापना भएको साहित्यक संस्था मुग्लानी सौगात द्धैमासिक पत्रिकाको १५ डबली संस्थाका संरक्षक थर्च लामाको अध्यक्षतामा गत विहीवार १ नभेम्बरका दिन संस्थाको निजी कार्यालयमा सम्पन्न भएको छ ।

कार्यक्रमलाई संस्थाका महासचिव राजेन्द्र खनालले संचालन गरेका थिए भने प्रथम उपाध्यक्ष चन्द्र कुमार थापाले स्वागत मन्तव्य राखेका थिए । कतारको राजधानी दोहाबाट करिब ६० किमी टाढा रहेको अल्खोर स्थित अल्मीस्नाथ क्यापमा हरेक महिनाको पहिलो विहीबार नियमित वाचन श्रृखला हुँदै आईरहेको छ ।

वाचन श्रृंखलामा साहित्यकारहरुको निकै बाक्लो उपस्थिती रहेको थियो । उपस्थित सम्पूर्णले गजल, कविता, रचना, भावना वाचन गरेका थिए । कार्यक्रममा प्रमुख सल्लाहाकार विरेन्द्र कुमार याक्थुम्वा, निर्देशक उमेश बस्नेतलगायतले मन्तब्य राखेका थिए भने संस्थाका नृत्य निर्देशक उमेश बस्नेतको जन्मदिन परेकोमा शुभकामन दिएका थिए । करिव वेलुकी ८ वजे देखी चलेको साहित्यिक कार्यक्रम वेलुकी ११ वजे मात्र समापन भएको थियो ।

कार्यक्रमको अन्त्यमा मुग्लानी सौगात द्धैमासिक पत्रिकाका संरक्षक तथा सन्ध्या ग्रुपका अध्यक्ष थर्चा लामाले मुग्लानी सौगातले १५ डबली पारगरेकोमा खुसी ब्यक्त गर्नुको साथै हिन्दुहरुको महान दोस्रो चाड तिहारको सम्पुर्ण नेपाल तथा प्रवासमा रहनुहुने दिदीबहिनी दाजुभाईलाई शुभकामना व्यक्त गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । २०७७ सालको मदन पुरस्कार भगिराज इङनामको लिम्बुवानको ऐतिहासिक दस्तावेज सङ्ग्रह (सम्वत् १७१९-२०२०) ले पाएको छ ।मदन पुरस्कार गुठीले

नुवाकोट स्थायी घर भई काठमाडौँमा रहेर साहित्य सिर्जनामा सक्रिय सर्जकको संस्था त्रिशूली वाङ्मय प्रतिष्ठानको बाह्रौँ साधारणसभाले आगामी दुई वर्षका लागि

काठमाडौं । मदन पुरस्कार २०७७ को प्रारम्भिक सूचीमा ९ वटा पुस्तक परेका छन् । मदन पुरस्कार गुठीले शुक्रबार ९ वटा

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली वाङ्‍मय क्षेत्रका विभिन्न व्यक्तित्वलाई विभिन्न प्रज्ञा पुरस्कार प्रदान गर्नुभएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानद्वारा राष्ट्रपति