वर्तमान सरकारको विस्थापनपछि मात्र सहमतीय सरकारः महासचिव पोखरेल

१९ कार्तिक २०६९, आईतवार १८:४५ मा प्रकाशित

काठमाडौ,  १९ कात्तिक । एमाले महासचिव ईश्वर पोखरेलले  वर्तमान सरकारको विस्थापनपछि मात्र सहमतीय सरकार बन्ने बताएका छन् । विजया दशमी, दीपावली, छठ, ईद र नेपाल सम्वत् ११३३ का अवसरमा शुभकामना आदानप्रदान गर्न नेपाल निजामती कर्मचारी सङ्गठनद्वारा आज आयोजित चियापान कार्यक्रममा पत्रकारहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले देशको राजनीतिक सङ्कट समाधानका लागि राष्ट्रिय सहमतिको सरकार अपरिहार्य रहेको पनि बताए । दश वर्ष लामो सशस्त्र द्वन्द्व स्थगित गरी शान्तिप्रक्रियामा आएको एमाओवादीसँग एमालेको कुनै पूर्वाग्रह नभएको नेता पोखरेलले बताए ।
महासचिव पोखरेलले वर्तमान सरकारको विस्थापनपछि मात्र सहमतीय सरकारको गठन, अन्तरिम संविधानमा रहेको अवरोध हटाउन बाधा अड्काउ फुकाउ जस्ता प्रक्रिया सुरु हुने पोखरेलको दाबी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । लगातार चार दिनसम्मकोे वर्षा पछि घाम लाग्न सुरु भएको छ । कञ्चनपुरका किसान झरीले निथ्रुक्क भिजाएको धान सुकाउनमा

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौँ । परराष्ट्रमन्त्री डा.नारायण खड्काले लिपुलेकमा तत्काल जनगणना नहुने संकेत गरेका छन् । शनिबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा परराष्ट्रमन्त्री खड्काले

काठमाडौँ । नेपाल बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले आफूहरुले अहिले पनि प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा नमागेको स्पष्ट पारेका छन्