प्रहरीकै मिलेमतोमा पाँच करोड ठगी

१९ कार्तिक २०६९, आईतवार १८:३७ मा प्रकाशित

काठमाडौं १९ कात्तिक । कालिमाटी १३ मा रहेको परिदृश्य बचत तथा ऋण सहकारी संस्थाबाट बचतकर्ताहरुको पाँच करोड रुपैया ठगी गरी फरार भएका सञ्चालकहरुलाई तत्काल पक्राउ गरी आफूहरुको बचत रकम फिर्ता र दोषिलार्य कारवाही गर्न पीडितले माग गरेका छन् ।
आईतबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनीहरुले ठगी गर्ने, जमानी बस्ने र सञ्चालक समितिका पदाधिकारीहरुलाई तत्काल पक्राउ गरी बचतकर्ताहरुको डुबेको रकम दिलाई दिन माग गरेका हुन ।
करिब १ हजार बचतकर्ताहरुले संस्थामा जम्मा गरेको पाँच करोड रुपैयाँ ठगी गरी फरार रहेका संस्थाका अध्यक्ष रामबहादुर बस्नेत, उपाध्यक्ष बासुराज दाहाल, सचिव सुरेन्द्रमान प्रधान, कोषाध्यक्ष मनोहर बस्नेत, सदस्य प्रेमराज केसीलगायत सञ्चालकहरुलाई तत्काल पक्राउ गरी रकम दिलाई दोषिलाई गर्न पत्रकार सम्मेलनमा पीडित बचतकर्ताहरुले प्रशासन र सम्बन्धित निकायसँग माग गरे ।
पीडित पशुपति श्रेष्ठले पक्राउ परेका अभियुक्तहरु कालिमाटी चौकीमा राखेर अनुसन्धान भैरहेको बेला चौकीमा कार्यरत तत्कालीन डिएसपी टेकबहादुर तामाङले घुस खाएर विना कारवाही उनीहरुलाई भगाएको आरोप लगाए ।
अर्का पीडित रामसुन्दर घिमिरेले गत बैशाख २७ गते कालिमाटी चौकीमा डिएसपी तामाङकै रोहवरमा १ लाख भन्दा तल बचत गर्नेको ३५ दिन भित्र र १ लाखभन्दामाथि बचत गर्ने बचतकर्ताहरुको रकम ४५ दिनभित्र दिने सहमतिमा संस्थाका अध्यक्ष रामबहादुर बस्नेतका छोरी ज्वाईँ खेमराज न्यौपाने, भाई मिनबहादुर बस्नेत र बहिनी तुलसा बस्नेत कागज गरी छोडेदेखि साक्षी बस्ने सबै फरार रहेको बताए ।
संस्थाकी बजार प्रतिनिधि अञ्जु महर्जनले राजधानी एफएमकी व्यवस्थापकसमेत रहेकी संस्थाका अध्यक्ष रामबहादुरकी बहिनी तुलसा बस्नेतले म पत्रकार हुँ यो विषयमा तैले बोले ज्यानसमेत लिने धम्की दिने गरेको भन्दै जिउ धनको सुरक्षासमेत माग गरिन ।
पीडित शान्ति राईले आफूहरुले दुःख गरी जम्मा गरेको पैसाले अध्यक्षको भाई मीनबहादुर बस्नेत, बहिनी तुलसा बस्नेतले महादेवस्थान गाविस ७ र ३ थानकोटमा घर किनेको दावी गरिन ।
फरार अध्यक्ष रामबहादुर बस्नेतकी आमा लिला बस्नेतले छोरा छोरीले कहाँ के गर्छन आफूलाई केही थाहा भएको भन्दै आफू  बुढीलाई यसै कारण रात दिन सुत्न बस्न नपाएको गुनासो गरिन ।
पीडित पक्षले छोरो अध्यक्ष र छोरी तुलसा बस्नेतसँग सम्पर्क हुने गरेको आशंकामा प्रहरीको सहयोगमा उनलाई पक्राउ गरेका छन् । पत्रकार सम्मेलनमा पीडितहरुले बुढी आमा मार्फत छोरा छोरी फेला पर्ने अनुमानमा पक्राउ गरेको समेत स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

कञ्चनपुर । बेलडाँडी गाउँपालिकामा दिउँसै बाघले गोठमा छिरेर चौपाया मारेर खान थालेको छ । गोठमा बाँधेका गाई, बाच्छाबाच्छी, बाख्रालाई बाघले

महेन्द्रनगर । गैर आवासीय नेपाली सङ्घ (एनआरएनए)को टोली बाढीपीडितलाई राहत उपलब्ध गराउन कञ्चनपुर पुगेको छ । भीमदत्त नगरपालिका–११, १२ र

सुनसरी । बाढी पहिरोपीडितको अवस्था बुझन् पुर्व आउका प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारी कर्मचारीसँग मात्र जानकारी लिएका छन् । आइतबार बिहान

टीकापुर । कैलालीमा कात्तिक २ गते आएको बेमौसमी बाढीले धेरैलाई घरबारविहीन बनाएको छ । कैलालीमा बाढीका कारण हजारौँ घर डुबानमा

आजको प्रमुख समाचार