उपकुलपति तथा शिक्षाध्यक्षविरुद्धको आन्दोलन जारी

१९ कार्तिक २०६९, आईतवार १६:२५ मा प्रकाशित

ललितपुर, १९ कात्तिक। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति तथा शिक्षाध्यक्षको राजीनामाको माग गर्दै अस्पतालका चिकित्सक र कर्मचारीले आन्दोलनलाई जारी राखेका छन् । उनीहरुले आज पनि अस्पताल परिसरमा विभिन्न विरोधका कार्यक्रमलाई गरेका छन् ।
अस्पताल प्रशासनमा राजनीतिक हस्पक्षेप बढ्दै गइरहेको भन्दै उपकूलपति तथा शिक्षाध्यक्षको राजीनामाको माग गर्दै गत बिहीबारबाट सुरु भएको आन्दोलन कार्यक्रम दैनिक एक घन्टा बहिरङ्ग सेवा ठप्प पार्नेसम्म रहेको छ । उनीहरुले सोमबारबाट आन्दोलनका थप नयाँ कार्यक्रमसमेत सार्वजनिक गर्ने चेतावनी समेत दिएका छन् । यस्तै अखिल नेपाल महिला सङ्घ (एकीकृत)ले भने प्रेस विज्ञप्ति जारी गर्दै आन्दोलनको विरोध गरेको छ । विज्ञप्तिमा प्रतिष्ठानमा पहिलोपटक महिलालाई नियुक्त गरेको महिला भएकै कारण उहाँहरुले आफ्नो क्षमता र योग्यताले प्राप्त अवसरको सदुपयोग गर्न अवरोध पु¥याउने गतिविधि भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण भएको उल्लेख छ । प्रतिष्ठानका कुलपति डा सङ्गीता भण्डारी र शिक्षाध्यक्ष डा सौम्या भट्टाचार्य रहनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन