महेन्द्रनगरमा ब्यापारीको रहस्यमय मृत्यु

१९ कार्तिक २०६९, आईतवार १५:५३ मा प्रकाशित

महेन्द्रनगर, १९ कात्तिक । महेन्द्रनगरको भासीमा आइतबार विहान एक ब्यापारीको शव भेटिएको छ । भीमदत्त नगरपालिका–२ महोलियाका ४५ वर्षीय ब्यापारी भुपेन्द पाण्डेको शव भासीस्थित पूर्व पश्चिम राजमार्गमा रहेको कलभर्टको छेउमा भेटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक बृखबहादुर रावलले बताए ।
मृतक पाण्डेको टाउकोको बायाँपट्टीको छाला काटिएको र बायाँ आँखा सुन्निएको छ ।
प्रहरी नायब उपरीक्षक रावलले घटनाका बारेमा अनुसन्धान भईरहेको  बताए । उनले टाउको बाहेक अन्त कतै घाउ नदेखिएको र घट्नाको प्रकृतिको अनुसार हत्या वा दुर्घटना के हो भनेर छुट्याउन नसकिने बताए । घट्नास्थलमा मृतक पाण्डेको साईकल र उहाँले घरका लागि लैजादै गरेको दाल र अण्डा भेटिएको प्रहरी नायब उपरीक्षक रावलले जानकारी दिए ।
महेन्द्रनगरको सब्जीमण्डीमा किरान पसल सञ्चालन गर्दै आएका पाण्डे शनिबार बेलुकी ७ बजेतिर पसल बन्द गरेर घरतर्फ लागेका स्थानीय व्यपारीहरुको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको

काठमाडौं । भारतको जयनगर–धनुषाको कुर्था खण्डमा यात्रुवाहक रेलसेवा सुरु गर्ने विषयमा नेपाल र भारतीय पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ ।