एमाओवादीको सोचलाई कांग्रेसका पुर्व सभासदले बोक्न मिल्दैनः केसी

१९ कार्तिक २०६९, आईतवार १५:५० मा प्रकाशित

पोखरा, १९ कात्तिक । कांग्रेस नेता अर्जुन नरसिंह केसीले एमाओवादीको सोचलाई कांग्रेसका पुर्व सभासदले बोक्न नमिल्ने भन्दै संसद् पुनस्थापनाको पक्षमा लागेको पार्टीका पुर्व सभासदहरुले चुनावको अभियानमा लाग्न आग्रह गरेका छन् ।
उनले पार्टीले नयाँ निर्वाचनमा जाने निर्णय गरिसकेकाले अब कुनै पनि हालतमा पुनस्र्थापनाको निर्णयमा पार्टी नजाने स्पष्ट पारे ।
नेपाल प्रेस युनियनले आज पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले कांग्रेसले मुलुकलाई बजेट विहिनताको अवस्थामा राख्न नचाहेको बताए । ‘मुलुकलाई बजटे दिनु पर्छ,’ उनले भने,‘‘तर, पूर्ण बजेट ल्याउने अधिकर वर्तमान सरकारलाई छैन ।’
नेता केसीले एकलौटी रुपमा बजेट ल्याउन सरकार विपक्षीलाई पेलेर अगाडि बढेने सोंचमा रहेको भए मुलुकमा द्वन्द्व चर्कने चेतावनी दिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । कोरोना माहामारीका कारण कोरिया जान रोकिएका कामदारहरु कोरिया पठाउने प्रक्रिया सुरु भएको छ । वैदेशिक रोजगारीका लागि आकर्षक

काठमाडौं । गजेन्द्र हमालको मन्त्री नियुक्तिबाट सुरु भएको प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको राजीनामा र महाअभियोग चर्चाले न्यायालय तातेको छ । सर्वोच्च अदालतका न्यायाधीशहरू,

काठमाडौं । चीनबाट १० लाख २० हजार डोज कोभिडविरुद्धको भेरोसेल खोप आज नेपाल ल्याइएको छ । सरकारले कोभ्याक्स कष्ट सेयरिङ

बैतडी । ३१ असोजदेखि २ कात्तिकसम्म भएको बेमौसमी बर्षाका कारण बैतडीका दर्जनौं खानेपानी आयोजनामा क्षति भएको छ । कतिपय खानेपानीका मुहान बाढीले