राष्ट्रपति र प्रचण्डबीच भेटवार्ता

१९ कार्तिक २०६९, आईतवार १५:३६ मा प्रकाशित

कात्तिक १९ काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार शितल निवासमा भेटवार्ता भएको छ ।
भेटमा राजनीतिक गतिरोध अन्त्यका लागि भइरहेको प्रयास र बजेट संकट समाधानबारे छलफल भएको थियो ।
राष्ट्रपतिका कानूनी सल्लाहकार सुर्य ढुंगलले समसामयिक राजनीतिक विषयमा कुराकानी भएको सीआईएनलाई जानकारी दिए । स्रोतका अनुसार एकीकृत माओवादी पार्टीको स्थायी समितिको बैठकमा राष्ट्रपति सक्रिय हुन खोजेको भन्ने निष्कर्ष निकालिएको भन्ने बारेमा विभिन्न सञ्चार माध्यमा आएका खबरहरुको बारेमा प्रचण्डले स्पष्ट पार्न राष्ट्रपतिसँग छलफल गरेको बुझिएको छ । भेटपछि सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले बाहिर चर्चामा आएजस्तो आफू कुनै पनि असंवैधानिक कदम नचाल्ने भन्दै दलहरुको सहमति आफुलाई मँन्य हुने बताउनुभएको जानकारी दिए ।
छलफलमा राष्ट्रपति यादवले अध्यक्ष प्रचण्डले दलिय सहमतिमा नै बजेट ल्याउन सुझाव दिनु भएको थियो । अध्यक्ष प्रचण्डले भने दलहरु बिच बजेटका विषयमा छलफल जारी रहेको भन्दै तीन चार दिन भित्रै केही निष्कर्ष निस्कनेमा आफु आशावादी रहेको राष्ट्रपतिलाई अवगत गराए । भेटको क्रममा राष्ट्रपति यादवले राजनैतिक परिवर्तनलाई संस्थागत गर्न ढिलाई भएको प्रति चिन्ता ब्यक्त गर्दै ठूलो दलको हैसियतमा नेतृत्वदायी भूमीका निर्वाह गर्न समेत आफुलाई आग्रह गरेको अध्यक्ष प्रचण्डले जानकारी दिए । बजेटमा सहमति नभए पुन राष्ट्रपतिसँग आफुले छलफल गर्ने प्रचण्डको भनाई थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेसको सातै प्रदेश समितिमा नयाँ नेतृत्व चयनका लागि पहिलो पटक प्रदेश अधिवेशन चलिरहेको छ । प्रदेश अधिवेशनबाट

मकवानपुर । बागमती प्रदेश सरकारले दलहरू बिच भागबण्डा मिलाउन मन्त्रालयको सङ्ख्या थप गरेको छ । प्रदेश सरकार स्थापनाका बेला सात वटा

लमजुङ।नेपाली कांग्रेस गण्डकी प्रदेशकाे जारी अधिवेशनमा मनाङका दुई जनासहित प्रदेश कार्यसमिति सदस्य पदमा सात जना निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टीकाे नयाँ नेतृत्वका लागि आज बिहान ८ बजे तय भएकाे मतदान साढे १० बज्दा पनि सुरु भएकाे छैन

आजको प्रमुख समाचार