अहिलेकै अवस्थामा सरकार छाडिन्नः मन्त्री शर्मा

१९ कार्तिक २०६९, आईतवार १५:१५ मा प्रकाशित

नेपालगञ्ज, १९ कात्तिक । एकीकृत नेकपा माओवादीका स्थायी समिति सदस्य दिनानाथ शर्माले अहिलेकै अवस्थामा एमाओवादीले सरकार नछाड्ने स्पष्ट पारेका छन् । उनले भने, ‘एमाओवादीले सरकारको नेतृत्व छाड्नका लागि संविधानसभाबाट संविधान बन्ने सुनिश्चित हुनु पर्छ ।’
क्रान्तिकारी पत्रकार सङ्घ बाँकेले आइतवार बिहान  नेपालगञ्जमा गरेको पत्रकार भेटघाटमा मन्त्री शर्माले राष्ट्रलाई अलपत्र र अनिश्चयको भूमरीमा नछोड्ने बताए ।
सहमतिका बुँदालाई संविधानको रुपमा घोषणा गर्ने र विवादित विषयमा सहमति भएपछि मात्र सरकार छाड्ने शर्माको कथन थियो । नेपाली काँग्रेस र नेकपा एमालेले संविधान निर्माणलाई छोडेर सत्ता परिवर्तनको विषयलाई मात्रै जोड दिएकोले माओवादीले सरकार नछाड्ने शिक्षा मन्त्री समेत रहेका शर्माको भनाई थियो । विपक्षी पार्टीहरुले भनेझै संसदको चुनावमा कुनैपनि हालतमा एकीकृत नेकपा माओवादी नजाने पनि मन्त्री शर्माले स्पष्ट पारे ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो समयमा परेको भारी वर्षापछि आएको बाढीपहिरो र डुबानमा परी देशका विभिन्न जिल्लाका १०१ जनाको मृत्यु भएको छ

बझाङ । केही दिनयता परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी बझाङमा हालसम्म नौ जनाको मृत्यु भएको छ । २१

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले