सर्वसत्तावादी सोच त्यागेर सहमति नआए माओवादीको हविगत राणा, पञ्चायत र राजाको जस्तै हुनेः कोइराला

१९ कार्तिक २०६९, आईतवार १५:०२ मा प्रकाशित

 काठमाडौँ, १९ कात्तिक । नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले एकीकृत नेकपा माओवादीले सर्वसत्तावादी सोच नत्यागे राणा, पञ्चायत र राजाको जस्तै हविगत हुने चेतावनी दिएका छन् ।
कास्केली प्रजातान्त्रिक समाजद्वारा प्रकाशित स्मारिकाको आइतवार काठमाडौंमा विमोचन गर्दै सभापति कोइरालाले यस्तो चेतावनी दिएका हुन् । उनले सरकारले एकलौटीरुपमा घोषणा गरेको चुनावका कारण विश्वासको सङ्कट पैदा भएको बताए । उनले थपे, ‘माओवादीले विश्वसको वातावरण बनाउन सरकारबाट हटी नयाँ व्यक्तिको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बन्नु पर्छ ।
सभापति कोइरालालाले लोकतन्त्रमा मात्र नयाँ नेपाल सम्भव छ भन्दै लोकतान्त्रिक मूल्य मान्यतासँग काँग्रेसले कसैसँग सम्झौता नगर्ने स्पष्ट पारे । काँग्रेसले कसैले भन्दैमा प्रधानमन्त्रीको लागि दरखास्त नहाल्ने भन्दै उनले काँग्रेसले पदको लागि नभई राजनीतिक सङ्कट निकासको लागि सहमतिको वातावरण बनाउन चाहेको बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

केदार मगर, खोटाङ । साकेला गाउँपालिका–५ मात्तिमविर्तालाई केन्द्रविन्दु बनाएर आइतबार गएको भूकम्पले हालसम्म जिल्लाभर दुई विद्यालय भवन, एक प्रहरी चौकी

म्याग्दी । म्याग्दीका पौढ महिलाहरूले बुढ्यौलीमा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेर पढाइलाई उमेरले नछेक्ने भनाइलाई चरितार्थ गर्नुभएको छ ।

नवलपुर । पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को दाउन्नेमा यात्रुबाहक बसमा आगलागी हुँदा ३३ यात्रु घाइते भएका छन् । आज बिहान साढे

काठमाडौं । जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि शुक्रबार बिहान नारा सहरमा आक्रमण भएको छ । सभालाई सम्बोधन गर्ने क्रममा उनीमाथि गोली प्रहार