ओलीको स्वास्थ्य स्थितिमा सुधार आएन, उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लगियो

१९ कार्तिक २०६९, आईतवार १०:२५ मा प्रकाशित

काठमाडौं, १९ कार्तिक । एमाले वरिष्ठ नेता केपी ओलीलाई थप उपचारका लागि आइतबार भारतको नयाँदिल्ली लगिएको छ । नर्भिक अस्पतालमा गराईरहेको ओलीलाई एयर एम्बुलेन्सबाट नयाँदिल्ली लगिएको हो ।

परिवारको इच्छा अनुसार भारत लगिने भएको छ । हाल ओलीको स्वास्थ्य स्थिति स्थिर रहे पनि उल्लेख्य सुधार हुन नसकेको कारण थप उपचारको लागि भारतको नयाँ दिल्ली स्थित मेदान्ता मेडिसिटी अस्पताल लगिएको हो । दिल्ली लैजानु अघि ओलीलाई भेट्न एमाले अध्यक्ष झलनाथ खनाल, वरिष्ठ नेता माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम अस्पताल पुग्नु भएको थियो । नेता ओलीले एयर एम्बुलेन्सबाटै सबैलाई अभिवादन गरेका थिए । उनको भारतको मेदान्त अस्पतालमा उपचार गरिने उहाँका स्वकीय सचिव रमेश आचार्यले जानकारी दिए ।

शुक्रबार साँझ दुवै फोक्सोमा निमोनिया भएर सिकिस्त भएका एमाले नेता ओलीलाई नर्भिक अस्पताल भर्ना गरिएको थियो । करिब दुई साता लामो उपचार र अमेरिका बसाइ पछी गत साता मात्रै उहाँ स्वदेश फर्कनु भएको थियो । चिकित्सकहरुका अनुसार तीन सातादेखि निरन्तर खोकी र छातीको संक्रमणसँग जुधिरहेका ओलीको दुवै फोक्सोमा निमोनिया हुनुका साथै सेप्पिससमेत भएको छ । जसले गर्दा उनलाई नियमित श्वास प्रस्वाशमा अफ्ट्यारो परेको छ । नेता ओलीले केही वर्षअघि मृगौला प्रत्यापरोण गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले ६७ जिल्लामा महाधिवशेन प्रतिनिधि चयन गरेको छ । सभापतिमा शेरबहादुर देउवालाई निरन्तरता दिने कि

तालिवानले अगस्टमा सत्ता कब्जा गरेपछि १०० भन्दा बढि पूर्वसुरक्षाकर्मीकाे हत्या गरेकाे मानव अधिकारवादी समूह ह्युमन राईट वाचले जनाएकाे छ ।

काठमाडौँ । नेपाली काँग्रेसको सोलुखुम्बु जिल्ला सभापतिमा नाम्गेल जाङ्बु शेर्पा विजयी भएका छन् । उनले बहालवाला पार्टी सभापति विनोद बस्नेतलाई

तान्जानियाको पेम्बा टापुमा कछुवाको मासु खाँदा सात जनाको मृत्यु भएको छ भने ३८ जना बिरामी भएका छन् । मृत्यु हुनेमा

आजको प्रमुख समाचार