नदीमा फोहोर फाल्ने विरुद्ध अभियान थाल्ने

१९ कार्तिक २०६९, आईतवार १०:१६ मा प्रकाशित

काठमाडौं, १९ कात्तिक । काठमाडैं उपत्यकाका विभिन्न नदीहरुमा फोहोरमैला र ढल निकासी गर्ने विरुद्ध सरोकारवालहरुलो अभियन नै थाल्ने भएका छन् । नदी नालामा फोहोरको थुप्रो लाग्न थालेपछि यसलाई चरणबद्ध रुपमा सफा गर्न र फोहोर फाल्ने लाई कारबाही गर्न भन्दै उनीहरुले अभियान थाल्ने भएका हुन् ।
नागरिक समाज, नपरपालिका र स्थानीय युवाको सहयोगमा पहिलो चरणमा वाग्मतीको सरसफाई गर्ने तयारी भईरहेको अधिकार सम्पन्न बागमती सभ्यता एकिकृत विकास समितिले जनाएको छ । काठमाडौंको  तिलगंगाबाट वाग्मती नदीको सफाई अभियान केहि दिन भित्रै सुरु गरिने र त्यसपछि विष्णुमती नदी र अरु नदी नालाको सरसफाई गरिने समितिका अध्यक्ष महेश बस्नेतले बताए ।उनले भने, त्यसपछि पनि फोहोर पफाले कारबाहीको प्रक्रिय अघि बढाउँछौं ।
नदीमा फोहोर पाल्ने क्रम रोकीनुको सट्टा झन् बढ्दै गएकाले अभियान नै सञ्चालन गर्ने तयारी गरेको पनि उनको भनाइ थियो ।  यस्तै नदी क्षेत्रको भू– भूभाग अतिक्रमण गरेर बसेकाहरुलाई अन्त नसारे सम्म नदीमा हुने फोहोर कम नहुने अध्यक्ष बस्नेतको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ३१५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ९ हजार ३ सय ८६ जनाको

झापा।जिल्ला प्रहरी कार्यालय झापाको तथ्यांकअनुसार चालू आर्थिक वर्षको कात्तिक मसान्तसम्म झापाबाट दुई हजार ६८ जना हराए । हराएकामध्ये सबैभन्दा धेरै

तनहुँ। दोस्रो लहरको कोरोना सुरू भएपछि भानु नगरपालिका–१३ मिर्लुङकोटको काखमा रहेको टुटेपानी सामुदायिक होमस्टे आठ महिना पाहुनाका लागि बन्द भयो । दोस्रो

कञ्चनपुर।भारतबाट फर्किदै गरेका रोल्पाका छवि रोकामगर अरु साथीहरूसँगै स्वास्थ्य परीक्षणका लागि गड्डाचौकी नाकामा रहेको हेल्थ डेस्कमा लामबद्ध थिए । लाइन

आजको प्रमुख समाचार