आयल निगम नाफामा जाँदै

१९ कार्तिक २०६९, आईतवार १०:१५ मा प्रकाशित

काठमाडौं, १९ कात्तिक । नेपाल आयल निगमको मासिक घाटामा कमी आएपछि निगम विस्तारै नाफतिर उक्लदै छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा आएको गिरावटले निगमको मासिक घाटामा कमी आएको र नाफातिर उकाले लागेको हो ।
निगमका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य एक सय नौ अमेरिकी डलरको हारहारीमा छ । यसअघि कच्चा तेलको मूल्य वृद्धिले निगमको घाटासमेत वढ्दै गएको थियो । निगम अधिकारीका अनुसार विदेशी बजारमा केही समयअघि कच्चा तेलको मूल्य प्रतिब्यारेल एक सय २३ अमेरिकी डलरसम्म पुगेको थियो । निगमको घाटा–नाफा अन्तर्राष्ट्रिय बजारमा हुने कच्चा तेलको मूल्यमा निर्भर भएकाले विदेशी बजारमा मूल्य गिरावट हुदाँ घाटासमेत कम भएको हो ।
भारतीय आयल निगमले एक नोभेम्बरमा पठाएको नयाँ मूल्य सूचीअनुसार निगमको घाटा ३१ करोड ४९ लाखमा झरेको हो । अघिल्लो महिना निगमको मासिक घाटा ७५ करोडको हाराहारीमा थियो । निगमका अनुसार नयाँ मूल्य सूचीअनुसार निगमलाई अहिले पेट्रोलमा प्रतिलिटर ११ रुपियाँ ९२ पैसा नाफा छ । यस्तै, मट्टीतेलमा १० रुपियाँ ७७ पैसा, आन्तररिक उडानको हवाई इन्धनमा प्रतिलिटर २३ रुपियाँ ९१ पैसा, अन्तर्राष्ट्रिय उडानको हवाई इन्धनमा २६ रुपियाँ १५ पेसा नाफा रहेको निगमले जनाएको छ ।
यता नयाँ मूल्य सुचीअनुसार डिजेलमा अझै प्रतिलिटर तीन रुपियाँ १५ पैसा र एल्पी ग्यासमा प्रतिसिलिन्डर पाँच सय ८ रुपियाँ ९३ पेसा घाटा रहेको निगमले जनाएको छ । ग्यासमा घाटा बढिरहेकाले निगमको मासिक घाटासमेत सोचेअनुसार कमी नआएको निगम अधिकारी बताउँछन् । निगमका कामु कार्यकारी निर्देशक सुरेशकुमार अग्रवालले ग्यासमा बढी घाटा रहेकाले मासिक घाटामा सोचेअनुसार कमी नआएको बताए ।
यसैगरी, निगमले आगामी तिहारसम्म पेट्रोलियम पदार्थको अभाव नहुने जनाएको छ । सरकारले निगमलाई भ्याटबापतको दुई अर्ब रुपियाँ दिएकाले आपूर्तिमा समस्या नरहेको भन्दै आगामी तिहारसम्म आपूर्ति सहज हुने जनाएको हो । यसअघि निगमले घाटा बढ्दै गएकाले आपूर्ति समस्या हुने जनाएको थियो । तर, अहिले त्यस्तो अवस्था नरहेको निगम अधिकारीले बताएका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

तनहुँ । पर्यटकीय नगरी बन्दीपुर दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि थला पर्‍यो । पाहुनाको स्वागतमा आतुर यहाँका होटल व्यवासीय कोरोना

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी

बुटवल । रूपन्देहीका होटलमा मात्रै झण्डै २५ अर्बको लगानी पुगेको छ । पर्यटन व्यवसायीका अनुसार रुपन्देहीमा साना ठूला गरी दुई

काठमाडौँ । लगानी बोर्डको आज बसेको ४८औँ बैठकले दुई जलविद्युत् परियोजनाको निर्माण तथा विकास गर्न करिब रु ७३ अर्ब बराबरको