संविधानसभा पुनर्स्थापनामै जानु पर्छ : सापकोटा

१९ कार्तिक २०६९, आईतवार १०:०५ मा प्रकाशित

बाँके, १८ कात्तिक।  एकीकृत नेकपा माओवादीका प्रवक्ता अग्नि सापकोटाले संविधानसभा पुनर्स्थापनामै जानु पर्ने बताएका छन् । क्रान्तिकारी पत्रकार संघ थारुवान राज्य समितिको प्रथम सम्मेलनको कोहलपुरमा उद्घाटन गर्दै उनले संविधान लेखनका विवादित विषयमा सहमति गर्दे पुनर्स्थापनाबाट नै संविधान जारी गर्नु उत्तम हुने बताए ।
दलहरूबीच नयाँ निर्वाचनमा सहमति भए सरकारको नेतृत्वमा नै निर्वाचन हुने पनि उनले बताए । वर्तमान सरकार संविधानसभाबाट निर्वाचित भएकाले वैधानिक सरकारलाई ढाले मुलुक पुन: २००८ देखि २०१५ सालसम्मको स्थितिमा फर्कने खतरा रहेको सापकोटाको चेतावनी थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । नेपाली कांग्रेस १४औं महाधिवेशन उदघाटनको पूर्वसन्ध्यामा छ । अबको तीन दिनपछि काठमाडौंमा महाधिवेशन उद्घाटन हुँदैछ । महाधिवेशनमा सहभागी

काठमाडौं । नेपाली कांग्रेसको महामन्त्री भएकै आधारमा कृष्णप्रसाद सिटौला १३ औं महाधिवेशनमा पार्टी सभापतिको उम्मेदवार बने । सुशील कोइरालाको निधनपछि

काठमाडौं । कमल थापा राप्रपा अध्यक्षमा पराजित हुन्छन् भन्ने कुरा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कल्पनासम्म गरेका थिएनन् ।

काठमाडौं । एमालेको आडमा सयौं सर्वसाधारणको अरबौं रकम हिनामिना गरेका व्यापारी इच्छाराज तामाङ दुई महिनादेखि प्रहरी हिरासतमा छन् । सिआइबीले

आजको प्रमुख समाचार