मङ्सिर एक गते एमाओवादीले चियापान गर्ने

१९ कार्तिक २०६९, आईतवार ०९:५९ मा प्रकाशित

काठमाडौं, १९ काठमाडौं । दशै, तिहा तथा छठको नाममा नेपालका प्रमुख राजनीतिक दलहरुले चियापान गर्दै गाएक छन् । त्यसै अवसर पारी एकीकृत नेकपा (माओवादी)ले आगामी मङ्सिर १ गते शुक्रबार चियापान कार्यक्रमको आयोजना गर्ने भएको छ । यसअभि नेपाली काँग्रेसले गत कात्तिक १३ गते कोजाग्रत पूर्णिमाका दिन र नेकपा (एमाले)ले त्यसको भोलिपल्ट कात्तिक १४ गते चियापानको कार्यक्रम आयोजना गरिसकेका छन् ।
एमाओवादीस्ले विजयादशमी, दीपावली, नेपाल सम्वत्को शुभकामनासहित आयोजना गर्न लागिएको चियापान राजधानीको भृकुटीमण्डपमा गर्न बताइएको छ । राजनीतिक दलहरूबीच सहमतिको वातावरण तयार गर्ने र सद्भाव विस्तार गर्ने उद्देश्यका साथ एमाओवादीले विगत दुई वर्षदेखि चियापान आयोजना गर्दैछ ।
चियापानमा प्रमुख राजनीतिक दल, नागरिक समाज, विदेशी कुटनीतिक नियोग, सञ्चारकर्मी, कानुन व्यवसायी, पार्टी कार्यकर्ता र नागरिकलाई निमन्त्रणा गरिएको एमाओवादीले बताएको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ ।कोरोना भाइरस कोभिड–१९ को संक्रमणबाट मुक्त भएपछि प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा सर्वोच्च अदालत आएका छन् । जबराको कोरोना रिपोर्ट शुक्रबार

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल