एमाले नेता अधिकारी पनि विरामी चितवनमा उपचार हुँदै

१९ कार्तिक २०६९, आईतवार ०९:५७ मा प्रकाशित

 काठमाडौं, १९ कात्तिक । नेकपा एमालेका नेता भरतमोहन अधिकारी बिरामी परेको छ । उनलाई चितवन स्थित चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचारार्थ भर्ना गरिएको छ । नवलपरासीको गैडाकोटमा भएको वृद्धवृद्धा सम्मान कार्यक्रमका प्रमुख अतिथि बनेर गएका अधिकारी अस्वस्थ भएपछि चितवन मेडिकल कलेज शिक्षण अस्पताल भरतपुरमा उपचार भइरहेको एमालेका केन्द्रीय सदस्य देवी ज्ञवालीले जानकारी बताइन ।  ज्ञवालीका अनुसार अधिकारीलाई रक्तचाप रोगले समातेको छ ।
उता, एमालेका अर्का नेता केपी ओलीको स्वास्थ्यमा भने क्रमिक सुधार भएको असपतालले जनाएको छ ।  नर्भिक अस्पतालले विज्ञप्ति निकालेर ओलीको स्वास्थ्य अवस्थामा सुधार आएको जनाएको छ । यद्यपी ओलापर्् थप उपचारका लागि भारत लैजाने तयारी भएको बुझिएको छ । नेता ओलीलाई हिजो नै थप उपचारका लागि भारतको मेदान्त अस्पतालमा लैजाने भनिए पनि एयर एम्बुलेन्स मगाउन ढिलो भएका कारण लैजान सकिएको थिएन ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

‘हिट ४९ प्रोफेसनल बक्सिङ च्याम्पियनसीप २०२१’को उपाधि बक्सर खेलाडी अविरल घिमिरेले चुमेका छन् । विश्वका युवा पुस्ताका चर्चित र अनुभवि

जुम्ला । जुम्लाका किसानलाई काली मार्सी धान काट्न चटारो भएको छ । जुम्लाका आठवटै स्थानीय तहमा रहेका खेतका फाँटमा मार्सी