शल्यक्रिया गरेको तीन दिनपछि आमा र शिशुको मृत्यु, परिवारले शव उठाउन मानेन

८ माघ २०७८, शनिबार १६:३७ मा प्रकाशित

सिमकोट । जिल्ला अस्पताल हुम्लामा शल्याक्रिया गरेको तीन दिनपछि सुत्केरी आमा र बच्चा दुबैको मृत्यु भएको छ ।

५ माघमा अप्रेशन गरेको केही समयपछि बच्चाको मृत्यु भएको थियो भने शुक्रबार राति आमाको मृत्यु भएको हो ।अप्रेशन गरेको तीनपछि सिमकोट गाउँपालिका- ५ का २१ वर्षीया टिका सार्कीको मृत्यु भएको हो ।

मृतक सार्कीलाई सुत्केरी व्यथाले च्यापेपछि जिल्ला अस्पताल हुम्लामा लिएर अप्रशेन गरेर शिशुलाई जन्म दिइएको थियो । तर अप्रेशनकै कारण आमा र बच्चा दुबैको मृत्यु भएको ससुरा धनसिंह सार्कीले बताए ।

बेला बेला बुहारीले अस्पतालमा चेक गराउने गरेको र जिल्ला अस्पताल हुम्लाले पनि अवस्था सामान्य रहेको बताउँदै समयमै सुत्केरी व्यथा लागेको बुहारीलाई रिफर नगर्दा बुहारीको ज्यान गएको उनको आरोप छ ।

जिल्ला अस्पतालले भने मृतक सार्कीको फोक्सोमा श्वासप्रश्वास मात्रा कम भएर मृत्यु भएको दाबी गरेको छ । शल्यक्रिया गरेको दुई दिनसम्म सार्कीको स्वास्थ्यमा उल्लेखनीय सुधार भए पनि शुक्रबार साँझ अचानक स्वास्थ्यमा समस्या देखिएको थियो ।

सार्कीले स्वास्थ्यमा समस्या देखिएको भनेपछि जिल्ला अस्पतालले उद्धारको लागि हेलिकोप्टर मगाएको थियो । तर राती भएकाले शनिबार विहान हेलिकोप्ट उद्धारका लागि स्ट्याण्ड बाई बसे पनि राति नै मृत्यु भएको जिल्ला अस्पतालले जानकारी दिएको छ ।

जुम्ला कोटीलाकी टीका सार्कीले एक वर्ष अगाडि हुम्लामा विवाह गरेकी थिइन् । माइत पक्षले मृतक सार्कीको शव उठाउन नदिएपछि अहिले जिल्ला अस्पतालमै रहेको छ ।

माइती पक्षले के कति कारणले मृत्यु भएको हो सत्य तथ्य पत्ता नलाग्दासम्म शव उठाउन नदिएर पोष्टमार्टम नभएको र परिवारले शव पनि बुझ्न नमानेको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख प्रेम सिंहले बताए ।

यसअघि ३० पुसमा जिल्लाको दक्षिण भेगमा रहेको अदानचुली गाउँपालिका- ६ का गौगरा बत्यालको सुत्केरी भएको पाँच मिनेट पछि मृत्यु भएको थियो । यहाँका महिलाहरुले उपचारको अभावमा कलिलै उमेरमा ज्यान गुमाउनु परिहेको छ । भौगोलिक विकटताले कयौ महिलाले ज्यान गुनाउने गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय

काठमाडौं। निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो

काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । विभिन्‍न कारणले जग्गा

काठमाडौं।राष्ट्रपति विद्यादेवी भण्डारीले मिलेनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) सम्झौताअनुसारको काम अघि बढेको जानकारी दिएकी छन् । संघीय संसदका दुवै सदनको संयुक्त