गुल्मीमा बढ्दै छ आत्महत्या गर्नेको संख्या

१९ कार्तिक २०६९, आईतवार ०९:४३ मा प्रकाशित

विशाल भट्टराई, गुल्मी, १९ कात्तिक । लुल्मीमा पछिल्लो समयमा आत्महत्या गर्नेको संख्या बढेको छ । तीन महिनामै १७ जनाले आत्महत्या गरेपछि प्रहरीले सामाजिक संस्थाहरूलाई आत्महत्या रोक्न सचेतना अभियान सञ्चालन गर्न अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालयका अनुसार गुल्मीमा पछिल्लो ३ महिनामा १७ जनाले आत्महत्या गरेका छन् । पछिल्लो समयमा मरभुङ–८ टाँडका चेतनारायण विकले ७ कात्तिकमा आत्महत्या गरे । उनले दशैँ सकिएसँगै दशैँको आर्थिक बोझले मानसिक स्थिति कमजोर भएका कारण आत्महत्या गरेको हुन सक्ने प्रहरी नायव निरीक्षक रामप्रसाद पाण्डेले बताए । विकका १३ वर्षभन्दा साना १ छोरा ३ छोरी रहेको छिमेकी हिमप्रसाद घिमिरे बताउँछन् । विकले आत्महत्या गरेपछि उनका परिवारको बिचल्ली भएको छ । घरमा आम्दानीको कुनै स्रोत छैन । भौतिक सम्पित्ति अत्यन्तै न्यून छ । श्रीमान्ले आत्महत्या गरेपछि विककी श्रीमती अचेतजस्तै बनेकी छन् । विक मात्रै होइन, दशैँको समयमा मात्र जिल्लामा ३ जनाले आत्महत्या गरेका छन् ।
गत साउनमा गुल्मी तुराङ–१ रामपुरकी १५ वर्षीया धर्ती गौतमले पढाइमा कमजोर महसुस गरेर आत्महत्या गरेकी छन् । होडबाजी मौलाइरहेको समाजमा सोँच्दासोँच्दै डिप्रेसन भएर थुप्रैको ज्यान गएको छ । सिर्सेनी–३ छापका नेत्रबहादुर नेपालीले पनि १८ वर्षको उमेरमा घरेलु झैझगडाका कारण जीवनबाट बिदा लिए । जिल्लामा आत्महत्या गर्ने क्रम नरोकिएपछि जिल्लामा क्रियाशील विभिन्न सामाजिक संस्थाहरूलाई चेतनामूलक कार्यक्रम फैलाउन प्रहरीले अनुरोध गरेको छ । विगतको ३ महिनामा आत्महत्या गर्ने १७ जनामध्ये १२ जना विवाहित छन् भने ५ जना अविवाहित छन् । यसमध्ये जिल्लाको क्षेत्र नम्बर–३ मा यो समस्या अत्यन्तै विकराल भएको छ । धेरैले संघर्षबाट डराएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी गुरुविष्णु काफ्लेले बताए । ‘धेरैजसोले त घरायसी कारणबाट खिन्न भएपछि कुनै पनि अठोट गर्न नसकेर आत्महत्या गरेका छन्,’ डिएसपी काफ्लेले भने, ‘जिल्लामा यो समस्याले निकै असर पारेको छ ।’
घरेलु हिसांका कारण जिल्लामा आत्महत्या बढेको मानवअधिकारकर्मी नरेश भण्डारी बताउँछन् । ‘धेरैजसोले घरुलु हिंसाका कारण आत्महत्या गरेको पाइन्छ,’ उनले भने, ‘विस्तारै मानिसको जीवनशैली जटिल बनिरहेको छ, इच्छा र आवश्यकताको परिपूर्ति नहुँदासमेत आत्महत्या हुन्छ ।’ कमजोर मानसिकता भएका मानिस डिप्रेसनको रोगी भएका कारणले आत्महत्या गर्ने गरेको भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप २०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो

काठमाडौं।राप्रपा नवनिर्वाचित अध्यक्ष राजेन्द्र लिङ्देनले पद तथा गोपनीयताको शपथ लिएका छन् । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजित नवनिर्वाचित पदाधिकारी तथा केन्द्रीय

काठमाडौं । राप्रपाको एकता महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनसहितको नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यको शपथ ग्रहण कार्यक्रमलाई निवर्तमान अध्यक्ष कमल

काठमाडौं।नेकपा माओवादी केन्द्रले आगामी ११–१३ पुसमा हुने राष्ट्रिय सम्मेलनका लागि कार्यविभाजन गरेको छ । स्थायी कमिटीको बैठकपछि जारी गरिएको सर्कुलरअनुसार