नेपालमा आज १० हजार बढीमा कोरोना पुष्टि, एकैदिन १६ जनाको मृत्यु

८ माघ २०७८, शनिबार १६:२८ मा प्रकाशित

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप १० हजार २५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट १४ हजार ४६२ र एन्टिजेन विधिबाट ५ हजार ७२५ जनामा परिक्षण गर्दा १० हजार २५४ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ९ लाख ४७९६ र एन्टिजेन विधिबाट भएको परीक्षणमा १ लाख १२ हजार ४९जना पुगेको छ।

यस्तै, आज थप ७०८ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ८ लाख २० हजार २८३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा संक्रमणबाट थप १६ को मृत्यु भएको जानकारी छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ११ हजार ६५१ छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय

काठमाडौं। निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो

काठमाडौं । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा

काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । विभिन्‍न कारणले जग्गा