अमेरिकी राष्ट्रपति निर्बाचनमा कडा प्रतिष्पर्धा, नेपाली मुलका अमेरिकी ओबामाको पक्षमा

१९ कार्तिक २०६९, आईतवार ०१:४४ मा प्रकाशित

पुरुषोत्तम ढकाल, अमेरिका, १९ कात्तिक । आसन्न अमेरिकी राष्ट्रपति निर्बाचनको अन्तिम तीन दिन डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन मिट रम्नि दुवै उम्मेदवारले आफ्नो विजय सुनिश्चित गर्न कडा प्रतिस्पर्धाको सामना गर्नु पर्ने भएको छ ।

डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन मिट रम्नि दुवै उम्मेदवार अन्तिम तीन दिनको आक्रामक चुनाब प्रचार अभियान अन्तर्गत अनिर्णित मतदाता रहेका राज्यको रुपमा परिचित स्विंग स्टेट्सहरुलाई आ-आफ्नो पक्षमा पार्न ओहायो, विकिन्सन, कोलोराडो, आयोवामा केन्द्रित भएका छन् ।

सामुन्द्रिक आँधीले आक्रन्त अमेरिकाको उत्तर पुर्बी राज्यहरुमा ओबामा प्रसाशनले देखाएको तदारुकता र राहतको प्रयासले राष्ट्रपति बराक ओबामालाई राहत पुगेको बताइए पनि चुनाबी मत सर्वेक्षणहरुले दुवै उम्मेदवार बीच कडा प्रतिस्पर्धा रहेको परिणाम सार्वजनिक गरे पछी स्विंग स्टेट्सहरुलाई आ-आफ्नो पक्षमा पार्ने अन्तिम दौडमा डेमोक्र्याट राष्ट्रपति बराक ओबामा र रिपब्लिकन मिट रम्नि अनिर्णित मतदाताहरुलाई आकर्षित गर्न त्यस क्षेत्रमा केन्द्रित भएका छन् । विश्लेषकहरुका अनुसार जुन उम्मेदवारले स्विंग स्टेट्सको मत आफ्नो पक्षमा पार्न सक्छन तिनै उम्मेदवारले बिजय हासिल गर्ने छन् ।

सार्बजनिक गरिएको मत सर्वेक्षणहरुले कडा प्रतिस्पर्धा रहेको दावी गरे पनि सामुन्द्रिक आँधीले आक्रन्त अमेरिकाको उत्तर पुर्बी राज्यहरुमा राष्ट्रपति बराक ओबामा प्रसाशनले देखाएको तदारुकता र राहतको प्रयासले राष्ट्रपति बराक ओबामालाई सहयोग पुगेको बताउनु हुन्छ नेपाली मुलका अगुवा प्राध्यापक तारा निरौला । प्राध्यापक तारा निरौलाका अनुसार ०८ को निर्बाचन झैँ यो निर्बाचन राष्ट्रपति बराक ओबामाको लागि सहज छैन तर रोजगार बजारमा आएको अप्रत्यशित सुधार र अल्पसंख्यक मतदाताको रुझानको कारण पनि ओबामाको बिजय यात्रा सहज देखिन्छ ।

अर्का नेपली मुलका अगुवा समाजसेवी श्याम कार्कीका अनुसार पहिलो चरणको बहसमा मिट रम्नीको आक्रामक प्रश्तुतिले लाग्थ्यो उनको प्रचार शैलीले प्रभाव पार्छ तर स्थितिले कोल्टे फेरेको छ र उत्तर पुर्बी राज्यहरुमा आएको आंधी बाट बच्न ओबामा प्रसाशनले देखाएको तदारुकता र राहतको प्रयासले ओबामाको पक्षमा जनमत बन्दै छ । कार्कीका अनुसार अनिर्णित मतादाता रहेको स्विंग स्टेट्सहरु पनि बिस्तारै ओबामाको पक्षमा देखिन थालेका छन् ।

विश्लेषक हरुका अनुसार राष्ट्रपति ओबामाले १५ वर्ष उमेर भित्र अमेरिका छिरेकाहरुलाई कानुनी बैधता सहित स्थाई बसोबास दिने निर्णयले हिस्पानिक समुदाएको मन जित्न ओबामा सफल भएका छन् भने यसका अतिरिक्त अल्पसंख्यक मुस्लिम र भारतीय मुलका अमेरिकीहरुको रुझान पनि ओबामाको पक्षमा रहेको कारण अन्तिम क्षण राष्ट्रपति ओबामाको लागि सहज हुने छ ।

हामीले नेपाली मुलका अमेरिकीहरुको मुख्य वासोस्थान रहेको क्षेत्रका अगुवाहरुसंग सोधेका थियौं आसन्न राष्ट्रपति निर्वाचनमा नेपाली मुलका अमेरिकीहरुको रोजाईको उम्मेदवार को हुन् ? अधिकांसको जवाफ थियो राष्ट्रपति ओबामा ।

न्युयोर्कमा नेपाली मुलका अगुवा समाजसेवी मिर्दुला कोइराला, टेक्सासमा नेपाली मुलका अगुवा समाजसेवी हेम पाठक, क्यालिफोर्नियाका पत्रकार सुदिप पन्त, बाल्टिमोरमा नेपाली मुलका अगुवा समाजसेवी अमर छन्त्याल, प्रेम राजा महत, प्रभु थापा, केन्टकीमा नेपाली मुलका अगुवा समाजसेवी पुरुषोत्तम बोहोरा, प्रिती सागर खत्री, भर्जेनियामा डेमोक्र्याट हरि शर्मा, अगुवा समाजसेवी बिजय थापा, दधि ढुंगाना, राजेन्द्र खनाल सबैले एक स्वरमा भने हामी नेपाली मुलका अमेरिकीहरुको भोट राष्ट्रपति ओबामालाई ।

यद्यपी करिब ५० हजार नेपाली मुलका अमेरिकीहरुको मात्र मतदाता सुचिमा नाम समावेस रहेको छ । अर्को तर्फ अन्तिम क्षणमा आएर राष्ट्रपति ओबामाले ०८ मा सत्ता सम्हाले देखि आलोचनाको मुख्य बिषय बनेको रोजगार बजारमा पनि अक्टोबरमा १, ७१ हजार नयाँ रोजगारको अवसर सिर्जना भएको तथ्य सार्वजनिक हुनुले ओबामाको चुनाबी अभियानलाई थप राहत मिलेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

झापा । नेकपा एकीकृत समाजवादी पार्टीका उप–महासचिव जगन्नाथ खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको हत्याको प्रमाण केपी ओलीले लुकाएको गम्भीर

काठमाडौं ।नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले एमालेबाट विद्रोह गर्ने क्रममा आफूलाई साथ नदिएका नेताहरुको हरिबिजोग भएको टिप्पणी गरेका छन्।

काठमाडौं ।नेपाली कांग्रेसले खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय जनकपुरका प्रमुख राजेश कुशवाहामाथि गम्भीर दुर्व्यवहार गर्ने दोषीलाई कानुनी कारबाही गर्न

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ पाँच दलीय गठबन्धनको चर्को आलोचना गरेका छन्। पूर्वप्रधानमन्त्रीसमेत