असुरकोट खुल्ला दिसामुक्त घोषणा

१९ कार्तिक २०६९, आईतवार ०१:२४ मा प्रकाशित

रुपन्देही, १८ कात्तिक  । अर्घाखाँचीका ४२ गाविस मध्ये असुरकोट गाबिस जिल्लाकै पहिलो खुल्ला दिसा मुक्त गाविस घोषणा भएको छ । गाविसमा एक औपचारिक कार्यक्रम गरि गाविसलाइ खुल्ला दिसामुक्त गाविस घोषणा गरिएको हो ।

अर्घाखचीलाइ सन् २०१४ भित्र खुल्ला दिसा मुक्त क्षेत्र घोषणा गर्ने निर्णय अनुसार पहिलो गाविसको रुपमा यो गाविसलाइ खुल्ला दिसामुक्त घोषणा भएको हो । घोषणा सभामा गाविसबासीहरु अतयन्तै हषर्त भएका थिए ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार मानिसको एक ग्राम दिसामा १ करोड भाइरस, १० लाख ब्याक्टोरिया, एक हजारसम्म परजीवि र एक सय परजीविका अण्डा रहन सक्छन् । सुरक्षित चर्पीको प्रयोग गर्दा ३२ प्रतिशत, साबुन पानीले हात धँुदा करिब ४४ प्रतिशत र सुरक्षित पिउने पानीको प्रयोग गर्दा ३९ प्रतिशतले झाडापखालाजन्य रोग व्याधीमा कमी ल्याउन सकिन्छ ।
खुल्ला दिसाबाट बालबालिका र महिलामा सबैभन्दा धेरै असर पर्ने गरेको छ । खुल्ला स्थानमा दिसा गर्ने प्रचलन र समुचित सरसफाइको अभावमा सृजित रोगका कारण नेपालमा वर्षेनी ५ वर्षभन्दा कम उमेरका करिब १० हजार ५ सय बालबालिकाले अकालमा ज्यान गुमाउनु परेको यूनिसेफ नेपाल र विश्व स्वास्थ्य संगठनको तथ्यांक छ ।
खुल्ला दिसामुक्त कार्यक्रमको घोषणा सभामा प्रमुख जिल्ला अधिकारी गोबिन्दमणि भुत्र्तेलले सरसफाइको क्षेत्रमा गाविसले एउटा फुडकिलो पार गरेको बताउदै गाविस बासीहरुलाइ धन्यबाद प्रकट गर्नु भएको थियो ।
कार्यक्रममा स्थानीय बिकास अधिकारी हेमराज भुसाल, प्रहरी नायब उपरिक्षक हिराबहादुर पाण्डे, एकिकृत नेकपा माओबदीकि छमकुमारी थापा (खनाल), नेपाली काग्रेसका जिल्ला सचिब लोकेन्द्र बिक, एमालेका जिल्ला अध्यक्ष रामजीप्रसाद घिमिरे, राजमोका केन्द्रिय सदस्य सागर केसी, नेकपा माओबादीका जिल्ला इन्चार्ज भेसराज भुसाल, सचिब हक हित संरक्षण केन्द्रका रुकेन्द्र पालुंगे, खुल्ला दिसामुक्त अभियानका बिनोद प्रसाद शर्मा, प्रागका अध्यक्ष बाबुराम शर्मा, रेडक्रस सोसाइटीका जिल्ला अध्यक्ष शम्भुप्रसाद पोख्रेल लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा अर्घाखाचीमा खुल्ला दिसामुक्त अभियानको क्षेत्रमा काम गरिरहेको प्रकास सचेतन समुह अर्घाखाचीले जिल्लामै पहिलो गाविस हुन सफल भएकोमा गाविस सचिब चन्द्रप्रसाद बन्जाडेलाइ दोसल्ला ओढाएर सम्मान गरेको छ ।
घोषणा सभा गाविस सचिब तथा खानेपानीतथा सरसफाइ स्वच्छता समन्वय समितिका अध्यक्ष चन्द्रप्रसाद बन्जाडेको अध्यक्षता र चुरामणि बन्जाडेको संचालनमा सम्पन्न भएको हो । कार्यक्रममा बिभिन्न आमा समुह, क्लब तथा बिद्यालयका बालबालिकाले गित तथा नृत्य प्रस्तुत गरेका थिए ।
अर्घाखाँची जिल्लामा समेत कूल विरामीमध्ये करिब आधाजसो सरसफाइजन्य रोगबाट प्रभावित हुने गरेको तथ्यांक जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीको छ । आर्थिक बर्ष २०६८/६९ को एक वर्षमा १ लाख ८२ हजार ४ सय ९६ बिरामी जिल्ला अस्पताल, स्वास्थ्य चौकी र उपस्वास्थ्य चौकीमा उपचारको लागि आएका मध्ये ४५.३५ प्रतिशत प्रदुषित पानीको कारणबाट लाग्ने रोगका बिरामीहरु भेटिएको जिल्ला स्वास्थ्य कार्यालय अर्घाखाँचीका जनस्वास्थ्य निरीक्षक गणेशराज पौडेलले जानकारी दिनुभयो । सो आँकडा गत आर्थिक वर्षमा ४४.९८ प्रतिशत रहेको थियो ।
अर्घाखाँचीमा रहेका प्रमुख १० रोगहरु मध्ये ५ वटा रोग प्रदुसित पानीका कारण लाग्ने गरेका छन् । जुका, ओमिबायोसिस, टाइफाइड, झाडापखाला, लगायतका रोगहरु लाग्ने प्रमुख कारण नै मानिसको दिसा पानी, फोहोर हात, हावा, माटो, पशुपक्षी र झिंगाको माध्यमबाट मानिसको पेटमा पर्दा लाग्ने स्वास्थ्य कार्यालयले जनाएको छ ।
जिल्लामा पूर्ण सरसmाइको अभियान सञ्चालन गर्न र खुल्ला दिसामुक्त अर्घाखाँची घोषणा गर्न जिल्ला विकास समिति, गाउँ विकास समितिको साथमा गाविसका सामाजिक परिचालक, वडा नागरिक मञ्च, जिल्लास्थित सरोकारवाला सरकारी एवम् गैरसरकारी संस्था, सञ्जालहको सक्रिय सहभागिता रहेको स्थानीय विकास अधिकारी एवम् जिल्ला खानेपानी सरसफाइ तथा स्वच्छता समन्वय समितका अध्यक्ष हेमराज भुसालले बताउनु भयो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परी आज बिहानसम्म ९५ जनाको मृत्यु

न्युयोर्क । कोभिड महामारी अर्को वर्ष पनि फैलिने विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले प्रक्षेपण गरेको छ । गरिब देशका नागरिकले

  काठमाडौँ – दशैं मनाउन व्यस्त भएका जनतालाई दशैं पुरा मनाउन नपाउँदै दु.खले छोप्यो । विशेषगरी कृषकलाई भोकमरीको चिन्ताले सताउन

यही असोज २१ देखि २९ गतेसम्म सवारी दुर्घटनामा परी सुदूरपश्चिम प्रदेशमा नौजनाको ज्यान गएको छ भने १७ गम्भीर र छजना