एनेकपा माओवादी नेतृत्वको सरकार इतिहासमै असफल

१९ कार्तिक २०६९, आईतवार ०१:१९ मा प्रकाशित

चन्द्रकान्त खनाल, रुपन्देही, १८ कात्तिक । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्व मन्त्री बालकृष्ण खांणले सरकारको कारण नेपालको राष्ट्रियता ईतिहासमै कमजोर भएको बताउनुभएको छ । वर्तमान एनेकपा माओवादी नेतृत्वको सरकार इतिहासमै असफल तथा कमजोर भएको भन्दै उहांले भट्टराई नेतृत्वको सरकारको बर्हिगमन आफूहरुको पहिलो सर्त भएको बताउनुभयो । नेपाल राष्ट्रिय मगर संघ जिल्ला कार्यसमिति रुपन्देहीको शनिवार बुटवलमा भएको दोस्रो जिल्ला सम्मेलन तथा अधिवेशनलाई सम्बोधन गर्दै नेता खाणले भट्टराई नेतृत्वको सरकारले जतिसक्दो छिटो सत्ता नछाडे माओवादीकै लागि घातक हुने समेत बताउनुभयो ।

नेता खांणले मंसिर ७ पछि माओवादीले सरकार चलाउन नसक्ने भन्दै नेपाली कांग्रेस बलियो भएमा मात्र लोकतन्त्र बलियो हुने धारणा राख्नुभयो ।
नेपाली कांग्रेसले सबै जातजाती बर्ग र समुदायलाई समान ब्यबहार गरेको भन्दै नेता खांणले आफ्नो हक अधिकार रक्षाका लागि मगरहरु जागरुक हुनपर्ने बताउनुभयो ।
नेपाल राष्ट्रिय मगर संघका केन्द्रीय संस्थापक अध्यक्ष तथा नेपाली कांग्रेसका केन्द्रिय सदस्य बाबुराम राना मगरले कांग्रसकै कारण लोकतन्त्र प्राप्ती भएको भन्दै लोकतन्त्रको रक्षाका लागि सबै लाग्नुपर्नेमा जोड दिनुभयो ।
मगर संघका जिल्ला अध्यक्ष केहरसिंह सारङ्कोटी मगरको अध्यक्षतामा भएको सम्मेलनमा पुर्व बिधायक सूर्य प्रसाद प्रधान, नेपाली कांग्रेसका जिल्ला सभापति अब्दुल रज्जाक, नेपाल तरुण दलका जिल्ला सभापति चिरञ्जीवि पौडेल, तमु छोज धीं रुपन्देहीका अध्यक्ष चक्रसिंह गुरुङ लगायतले बोलेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौँ । गृह मन्त्रालयले केही जिल्लाका प्रमुख जिल्ला अधिकारी(प्रजिअ)को सरुवा गरेको छ । गृहमन्त्री बालकृष्ण खाणले मन्त्रीस्तरीय निर्णयबाट दसैंपछि कार्यालय

जनकपुरधाम । नेपाल भारतको सीमावर्ती क्षेत्र धनुषाको नगराइन नगरपालिाका एक युवकको घाँटी रेटेर हत्या गरिएको छ । सिरहा जिल्लाको मिर्चैया

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टी नेपालले प्रदेशका इन्चार्ज तथा पदाधिकारीको जिम्मेवारी तोकेको छ । एकीकृत समाजवादीले उपत्यका प्रदेशसहित ८

गृहमन्त्री बालकृष्ण खाँणले नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) सँग नेपाल सरकारले गरेको सहमति कार्यान्वयनका लागि पहल सुरु