देशका सबै जिल्लामा कोरोना, १५ जिल्ला रेड जोनमा !

७ माघ २०७८, शुक्रबार १७:४३ मा प्रकाशित

काठमाडौँ । नेपालमा कोरोना संक्रमणको ग्राफ हरेक दिन तिब्र गतिमा बढिरहेको छ ।स्वास्थ्य मन्त्रालयले सोमबार जारी गरेको अपडेटमा पछिल्लो २४ घण्टामा देशभर १० हजार भन्दा बढी संक्रमण पुष्टि भएको छ । त्यस्तै त्यसमध्ये काठमाडौँ उपत्यकामा करिब ५ हजार जना संक्रमित भएका छन् ।

मन्त्रालयका अनुसार देशका ७७ वटै जिल्लामा कोरोना संक्रमित देखिएका छन् ।जसमा १५ जिल्ला कोरोना संक्रमणको रेड जोनमा रहेका छन् । अर्थात १५ जिल्लामा ५०० भन्दा बढी सक्रिय संक्रमित रहेका छन् । जसमा झापा, मोरङ, सुनसरी, धनुषा, काठमाडौँ, ललितपुर, भक्तपुर, चितवन, मकवानपुर, काभ्रे, कास्की, नवलपरासी पूर्व, रुपन्देही, बाँके र कैलाली रहेका छन् ।

त्यस्तै दुई सयभन्दा बढी सक्रिय संक्रमित भएका जिल्लाको संख्या पनि १५ पुगेको छ । जसमा बारा, पर्सा, महोत्तरी, सप्त्तरी, सर्लाही, सिरहा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, स्याङजा, बाग्लुंग, दाङ सुर्खेत र कंचनपुर रहेका छन् ।
स्वास्थ्य मन्त्रालयले विहिबार जारी गरेको अपडेटमा नेपालमा थप १०७०३ जनामा कोरोना पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर पिसिआरबाट कुल ८८१५ र एन्टीजेन परिक्षणबाट १८८८ गरि कुल १०७०३ जना संक्रमित थपिएको जानकारी दिएको हो ।

त्यस्तै पछिल्लो २४ घण्टामा ७६६ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९१.४ रहेको मन्त्रालयले जनाएको छ ।

देशभर अहिले १५४ जना क्वारेन्टाइनमा छन् । त्यस्तै पछिल्लो २४ घण्टामा १८६१८ पिसिआर र ४४७४ नमुना एन्टीजेन परिक्षण गरि कुल २३०९२ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६५ हजार ३७४ पुगेका छन् । त्यस्तै आइसीयुमा १९४ जना छन् भने देशभर ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

त्यस्तै संस्थागत आइसोलेसनमा १६४० जना छन् भने होम आइसोलेसनमा ६३ हजार ७३४ जना रहेका छन् ।

पछिल्लो २४ घण्टामा कोरोनाबाट ३ जनाको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । नेपालमा कोरोनाबाट अहिलेसम्म मृत्यु हुनेको संख्या ११ हजार ६३५ पुगेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय

काठमाडौं। निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो

काठमाडौं । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा

काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । विभिन्‍न कारणले जग्गा