प्रचण्डको प्रस्तावले राजनीतिमा तरंग, चुनाव जित्न चलाखी !

७ माघ २०७८, शुक्रबार २०:०१ मा प्रकाशित

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोरोना संक्रमित हुँदा एक साता आइसोलेसनमा बसे । कोरोना संक्रमित हुँदा उनले राजनीतिक भेटघाट बन्द गरेका थिए ।

तर उनी कोरोनामुक्त भए राजनीतिमा छुट्टै तरंग ल्याइदिए । निर्वाचनसम्बन्धी प्रचण्डको नयाँ प्रस्तावका कारण राजनीतिक माहोल नै फरक भयो । प्रचण्डले स्थानीय तहको निर्वाचन गर्नु भन्दा पहिले बैशाखमा प्रतिनिधि सभाको निर्वाचन गर्नुपर्ने प्रस्ताव ल्याए ।

स्थानीय तहको निर्वाचन पछि गर्ने कुरामा कांग्रेसका शीर्ष नेताहरु पनि सहमत रहेको स्रोतको भनाई छ । तर कांग्रेसका संस्थापनइतर नेताहरु भने प्रचण्डको प्रस्ताव नरुचाएको बताइन्छ ।

प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले भने यसको विरोध गरिरहेको छ । एमालेले स्थानीय तहको निर्वाचनभन्दा पहिले गरिने कुनै पनि निर्वाचन आफूहरुले नमान्ने बताउदै आइरहेको छ ।

एमालेका नेताहरु संविधानको बाटोमै हिड्नु पर्ने भन्दै दबाब दिदै आइरहेका छन् । यसबारे छलफल गर्न बिहिबार कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल बालुवाटारमा छलफलमा जुटेका थिए ।

उनीहरुबीच स्थानीय चुनाव कि प्रतिनिधि सभा चुनाव पहिले गर्ने भन्ने बारे सहमती नभएपछि गठबन्धनको बैठकबाट सहमती खोज्ने प्रयास गरिएको छ।

अहिले काँग्रेससँग पनि चुनावी गठबन्धन गर्ने प्रयासमा रहेका प्रचण्ड शक्तिसाली पनि देखिएका छन् । उनी गठबन्धन गरेर चुनाव जित्ने दाउमा देखिन्छन् ।

यता, केपी शर्मा ओली नेतृत्वको एमालेमा माधव कुमार नेपाल छुट्टिएपछि एमालेमा पहिरो गइरहेको छ । ओलीको कार्यबाट भीम रावल पक्ष पनि सन्तुष्ट छैन ।

प्रतिक्रिया
सम्बन्धित खवर

चितवन।भरतपुर महानगरपालिकाको मेयरमा नेपाली कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेल तेस्रो शक्तिका रुपमा देखिए । उनले १४ हजार सात सय

काठमाडौं। निर्वाचन आयोगले आजबाट निर्वाचन आचारसंहिता लागू नहुने बताएको छ । आयोगले आज एक विज्ञप्ति जारी गरी उक्त जानकारी दिएको हो

काठमाडौं । राष्ट्रिय योजना आयोगले सिफारिस नगरेको आयोजनालाई बजेट निकासा नहुने भएको छ । संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा

काठमाडाैं।राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारले २३ हजार ५९१ जना नागरिकलाई जग्गा धनी प्रमाण पुर्जा दिएको बताएकी छिन् । विभिन्‍न कारणले जग्गा