
काठमाडौँ । काठमाडौँ जिल्लामा भेरोसेल खोपको बुस्टर डोज कार्यक्रम स्थगित भएको छ ।
भेरोसेल खोप अभाव भएपछि हालका लागि बुस्टर डोज दिने कार्यक्रम रोकिएको स्वास्थ्य कार्यालयका प्रमुख शम्भु काफ्लेले जानकारी दिएका छन् । तर, कोभिशिल्डको हकमा भने बुस्टर डोज खोप अभियान सञ्चालन भइरहेको छ ।
‘हामीसँग भेरोसेल खोपको मौज्दात नै कम थियो । सबै अस्पताल तथा खोप केन्द्रलाई दुई–तीन सय पठाउँदा अस्ति नै सकियो,’ काफ्लेले भने ,’विभागले भेरोसेलको खोप पाइपलाइनमा छ भन्ने जानकारी आएको छ । भेरोसेलको बुस्टर डोज लगाउने मानिसले केही समय अझै कुर्नुपर्ने हुन्छ ।’
‘अहिले बुस्टर डोज लगाउने धेरै मानिसहरु भेरोसेलका खोप लगाएका छन् । हामीसँग खोपको अभाव भएकाले व्यवस्थापन गर्न सकेका छैनौँ,’ काफ्लेले भने ।
हाल काठमाडौँ जिल्लामा २२ वटा खोप केन्द्र खोप दिइरहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर
काठमाडौँ । स्थानीय तह निर्वाचन २०७९ परिणाम आउने क्रम अन्तिम चरणमा पुगेको छ । ७५३ मध्ये ७५१ तहको परिणाम सार्वजनिक भइसकेको
काठमाडौँ । स्थानीय तह निर्वाचनमा अघिल्लोपटक भन्दा अहिले बढी सफलता हासिल गरेपछि हौसिएको नेकपा माओवादी केन्द्रले संघीय संसद्को निर्वाचनमा दोस्रो
रियाद । साउदी सरकारले रोजगारदातालाई कडाइ गर्न नयाँ नियम ल्याएको छ। साउदीको सार्वजानिक सुरक्षा (पब्लिक सेक्युरिटी) ले आफ्ना श्रमिकलाई अरूको
काठमाडौं । कृषि तथा पशुपालन क्षेत्रको कोरियन भाषा परीक्षा जेठ १९ गतेदेखि सञ्चालन हुने भएको छ । वैदेशिक रोजगार विभागअन्तर्गतको