नेपाली नायिकाहरुको प्रेम छचल्कियो

१८ कार्तिक २०६९, शनिबार २२:०५ मा प्रकाशित

काठमाडौं । बलिउडकी अभिनेत्री करिना कपुर र सैफ अली खानले सँगै पाँच वर्ष बिताएपनि उनीहरुको सम्बन्धबारे सीमित व्यक्तिबाहेक कसैले सुइँको पाएनन् । विवाह हुने सार्वजनिक गरेपछि मात्रै धेरै मानिस चकित परे ।

आफ्नो प्रेमसम्बन्धलाई मानिसहरु भरसक लुकाउन खोज्छन् । तर नेपाली सिनेक्षेत्रका नायिकाहरुले भने फेसबुकमार्फत आफ्ना ब्वाईप|mेन्डको फोटो र सम्बन्ध सार्वजनिक गर्न थालेका छन् । मिडियाले कलाकारलाई प्रेम सम्बन्धबारे सोध्दा उनीहरु हतार हतार इन्कार गर्थे । तर अहिले अफेयरबारे खुलेरै आउन थालेका छन्, उनीहरु ।

नायिका सुमीना घिमिरेले व्यापारी प्रेमीसँग अफेयर चलेको र चार वर्षपछि विवाह गर्ने योजना बनाएको सार्वजनिक गरेलगत्तै अर्की नायिका नम्रता श्रेष्ठले समेत फेसबुकमा आफू प्रेम घलेसँग रिलेसनसिपमा रहेको सूचना टाँसिन् । नम्रता सेक्स भिडियोमा मुछिएपछि लामो समय सिनेमा क्षेत्रबाट ओझेल परेकी थिइन् । विस्तारै पुनः पर्दामा जम्न थालेपछि उनले आफ्नो प्रेमसम्बन्बारे खुलस्त पारेकी हुन् । धरानका उनका प्रेमी म्यानपावर कम्पनी सञ्चालन गर्छन् ।

लामो समयदेखि ललितपुर भैंसीपाटीस्थित प्रेमीको घरमै बस्दै आएकी नायिका सुष्मा कार्कीले पनि फेसबुकमै रिलिसनसीप विथ नरेन शाही लेखेर टाँसेकी छिन् । सुष्मा प्रेम सम्बन्धमा सबैभन्दा बढी उतारचढाव बेहोर्ने नायिका पनि हुन् । सुदर्शन थापासँग उनको लामो समय चक्कर चलेको थियो ।

अनुप्रस्था ब्यान्ड सदस्य नरेनसँगको सम्बन्धबारे पनि उनले लुकाउन खोजेकी थिइन् । एक दैनिक पत्रिकामा उनले भनेकी थिइन्, ‘उनी त मेरा पुराना साथी हुन् । त्यस्तो शंकै नगर्नोस् ।’ तर आफैंले फेसबुकमा नरेन आफ्नो प्रेमी भएको उनले खुलाइन् । हुन त सुष्मा खुलेआम प्रेम गरेर हिंड्ने नायिका भनेर समेत चिनिन्छिन् ।

प्रेम छचल्क्याउँदै हिंड्ने नायिकाहरुको सम्बन्ध कति दिन टिक्ला भिन्दै कुरो । तर उनीहरुको साहसलाई भने मान्नैपर्छ । धेरै उम्लिंदा प्रेम पनि नपोखिने कहाँ हुन्छ र ?
Source: filmnepal.com

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । अहिले नेपाली चेली भारतीय सञ्चारमाध्यमहरुमा छाएकी छिन् । अभिनेत्री सुष्मा अधिकारी चलचित्र क्षेत्रकी चर्चित अनुहार हुन् । ‘रोग हो

काठमाडौं । गायिका सुजाता केसीले ‘कुरा सिधा छ’ बोलको गीतको भिडियो सार्वजनिक गरेकी छन् । रमेश परियारको शब्द तथा संगीत

एजेन्सी । बलिउड स्टार शाहरुख खानका छोरा आर्यन खान ड्र ग घटनालाई लिएर लगातार चर्चामा छन् तर यसले उनकी छोरी

मुम्बई । बलिउड अभिनेत्री माधुरी दीक्षितले आफ्ना नयाँ तस्वीरहरू सार्वजनिक गरेकी छिन् । निलो आकाशे रंगको लहेँगामा देखिएका माधुरी निकै

आजको प्रमुख समाचार