‘पीके’मा सुशान्तको पारिश्रमिक २१ रुपैंयाँ !

७ माघ २०७८, शुक्रबार १२:४० मा प्रकाशित

काठमाडौं । दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको आज ३६औं जन्मजयन्ती हो । उनको निधन १४ जुन २०२० मा भएको थियो । उनलाई आफ्नै अपार्टमेन्टमा मृत भेटिएको थियो । झुन्डिएको अवस्थामा फेला परेका सुशान्त के कारणले झुन्डिए भन्ने अहिलेसम्म खुल्न सकेको छैन ।

यी अभिनेताले छोटो जीवनमै ठूल्ठूला सफलता हासिल गरेका थिए । एक फिल्ममा अभिनय गरेबापत करोडौं पारिश्रमिक लिने सुशान्तले एक फिल्मबाट २१ रुपैंयाँ पारिश्रमिक लिएका थिए ।

निर्देशक राजकुमार हिरानीको ‘पीके’मा सुशान्तले भलै छोटो भूमिकामा अभिनय गरे पनि त्यो अभिनयबाट उनले राम्रो छाप छोडेका थिए । सुशान्तले यो फिल्ममा १५ मिनेटको भूमिकाका लागि पारिश्रमिक लिएका थिएनन् । तर निर्देशक राजकुमार हिरानीले उनलाई सगुनका रूपमा २१ रुपैंयाँ दिएका थिए । यो रकम सुशान्तले खुसीसाथ स्वीकारेका थिए ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी शो लकअपबाट चर्चामा आएकी अभिनेत्री पायल रोहतगीले हालै सामाजिक सञ्जालमा कङ्गना राणावतको मजाक उडाएकी छिन् ।

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

आजको प्रमुख समाचार