राष्ट्र बैंकले कडाइ गरेपछि शेयर धितो कर्जा घट्यो

७ माघ २०७८, शुक्रबार १२:३० मा प्रकाशित

ललितपुर । बैंक तथा वित्तीय संस्थाहरूका लागि कर्जा प्रवाहको आकर्षक क्षेत्र मानिएको शेयर धितो कर्जा घट्न थालेको छ । शेयर धितो कर्जालाई कडाइ गर्ने नेपाल राष्ट्र बैंकको नीति र कम्पनीहरूको बजारमूल्य समेत ओरालो लागेपछि बैंकहरूको कर्जा प्रवाह घट्न थालेको हो ।

राष्ट्र बैंकले चालू आर्थिक वर्ष (आव)को मौद्रिक नीतिबाट शेयर धितो कर्जामा पहिलोपटक प्रतिग्राहक ऋणमा सीमा निर्धारण गरेको थियो । यसैगरी दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा कम्पनीहरूको मूल्य घटेको छ । यस कारण बैंकहरूले शेयर धितो कर्जा घटाउँदै लगेका छन् ।

राष्ट्र बैंकको तथ्यांकअनुसार बैंक तथा वित्तीय संस्थाहरूले २०७८ साउनमा १ खर्ब ८ अर्ब ५६ करोड रुपैयाँ शेयर धितोमा कर्जा प्रवाह गरेकोमा मङ्सिरसम्ममा करीब ८ अर्ब रुपैयाँले घटेर १ खर्ब ६३ करोड रुपैयाँमा झरेको छ । आजको आर्थिक अभियान दैनिकमा समाचार छ ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले गणतन्त्रलाई संसारकै उत्कृष्टमध्येको एक शासन व्यवस्था भएको बताएका छन् । गणतन्त्र स्थापना भएको १४ वर्ष

महोत्तरी । महोत्तरीमा धानको बीउ अभाव भएको छ । हिउँदे धानको बीउ राख्ने बेला भएको बेला बजारमा भरपर्दो बीउ नपाएपछि

काठमाडौं । सरकारले आज (आइतबार) आर्थिक वर्ष २०७९/०८० का लागि बजेट सार्वजनिक गर्दैछ । जेठ १५ गते संसद्का दुवै सदनमा

काठमाडौं । सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको आज १५ वर्ष भएको छ । संविधानसभाको पहिलो बैठकमा ५६० जना सभासदले गणतन्त्र

आजको प्रमुख समाचार