कोरियाको समस्या समाधानका लागि नेपालमा आन्दोलन गर्ने तयारी

१८ कार्तिक २०६९, शनिबार २१:५७ मा प्रकाशित

मोहन कार्की, दक्षिण कोरिया । इपिएस प्रणाली तथा अन्य तवरले रोजगारीका लागि दक्षिण कोरिया पुगेका नेपालीहरुको समस्या समाधानको माग गर्दे नेपालमा अन्दोलन हुने भएको छ ।

दक्षिण कोरियाबाट नेपाल फर्किएका सकृय समाज सेवीहरुले स्थापना गरेको प्रवासी श्रमिक एक्यवद्धता केन्द्र नामक सस्थाले कात्तिक १७ गते काठमाडौँको प्रदशर्नी मार्ग स्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजना गरेको बृहत अन्तरकृया तथा पत्रकार सम्मेलनमा दक्षिण कोरिया पुगेका नेपालीहरुको समस्या समाधानका लागि चरणवद्ध आन्दोलन थाल्ने घोषणा गरिएको हो ।

उनीहरुले कोरियामा स्थापित नेपाली दूतावास लगायत सरोकारवालाहरुले समेत समस्या समाधानका लागि चासो नदेखाएको भन्दै गुनासो गरेका थिए ।

कोरियाको समस्या बारे राज्यका सम्वन्धित ब्यक्तिहरुलाई ध्यानाकर्षण गराउने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आमन्त्रित उपप्रधान तथा परराष्ट्रमन्त्री नरायण काजी श्रेष्ठ उपस्थित हुनेबारे जानकारी दिएर पनि हाल नेपाली किचलो राजनीतिको अव्यवस्थित कार्यक्रममा व्यस्त भएर अन्तरकृया कार्यक्रममा उपस्थित जनाएनन् ।

कार्यक्र्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य भिष्मराज आङ्दाङ्वे कोरयाको लागि पूर्व नेपाली राजदूत तथा एमाले नेता कमल प्रसाद कोइराला पूर्व उपनियोग प्रमुख तथा परराष्ट्र मन्त्रालयका उपसचिव यादव खनाल, इपिएसका निर्देशक ज्ञाननाथ ढकाल, नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँले बिबिसी नेपाली सेवाका प्रमूख रबीन्द्र मिश्र टे«ड यूनियन बिदेश बिभागका सचिव रमेश बराल, बिबिसी साझा सवालका प्रस्तुत कर्ता नारायण श्रेष्ठ एनडिएफ कोरियाका पूर्व अध्यक्ष बिक्रम राई, समाज सेवी रामराज्य बिक्रम पाण्डे लगायत कोरियामा लामो समय सम्म विविध पेसामा रहेर नेपाली समुदायमा सेवा पुर्याएका अनुभवी तथा समाजमुलक व्यक्तित्वहरूको बाक्लो उपस्थिति रहेको थियो ।

उक्त कार्यक्रममा विभिन्न संचार माध्यमका पत्रकारहरू तथा कोरियाबाट फर्किएका तथा कोरिया जान प्रतिक्षारत धेरै व्यक्तिहरुको उपस्थिति थियो । लामो समय कोरिया बसेर फर्किएका श्रमिक नेता समर थापाद्धारा संचालित तथा बज्र राईको स्वागत भाषणद्धार सुरु भएको उक्त कार्यक्रममा लामो समय कोरियामा बसी पत्रकारिता मार्फत नेपाली समुदायका विविध समस्यामा परिचित नेपाल पत्रकार महासंघ कोरिया शाखाका पूर्व अध्यक्ष तथा हेल्प नेपाल कोरियाका संयोजक रघु त्रिपाठीले नेपाली समुदायका समस्याहरू संक्षेपमा प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा विभिन्न व्यक्तित्वहरूले आ-आफ्नो सारगर्भित तथा रोचक सुझाव तथा गुनासो सुनाएका थिए । सोही क्रममा विविसी नेपाली सेवाका प्रमुख रविन्द्र मिश्रले आफै कोरियामा गएर देखेको अनुभव सुनाउँदै समस्या गंभिर भएको र त्यसको समाधानको लागि नेपाली दुताबास मात्र समक्ष नभएकोले सबैले सहकार्य गर्नुपर्नेमा जोड दिए । त्यसैगरी नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले समस्यालाई समस्याकै रूपमा र तथ्यलाई तथ्यको रूपमा बुझी सकारात्कमक कुरालाई पहिल्याउने र समस्या समाधानको लागि सबै एक जुट हुन पर्नेमा जोड दिए । अधिकांश वक्ताहरूले दुतावासमा श्रम सहचारीको आवश्यकतामा जोड दिएकोमा नेपाली कांगेसका केन्द्रीय सदस्य भिष्मराज आङ्दाङ्वेले श्रम सहचारीहरू घुस खुवाएर गएकोहुनाले धेरै अपेक्षा गर्न नसकिने कटु सत्यको जानकारी दिदै घुसिया श्रम सहचारीले त्यहाँ पुगेर श्रमिकको हितमा भन्दा कमाउने खेलमा लाग्ने भएकाले श्रमिक थप मारमा पर्न सक्ने चिन्ता ब्यक्त गरे । उनको यस शंकालाई इपिएस कार्यालयका निर्देश ज्ञाननाथ ढकालले पनि विगतमा श्रम सहचारी नियुक्त गर्दा घुसको लेनदेन भएको आफूले पनि थाहा पाएको बताए ।

इपिएसको रोष्टरमा लामो समय देखि नाम भएर पनि आफूहरू कोरिया जान नपाएको उल्टै मेडिकल मात्र दोहोर्याएर गराउने तर कोरिया नपठाएको भन्दै गुनासो गरेका पीडितहरूलाई इपिएसको रोष्टरमा नाम निक्लनुनै कोरिया जानु सुनित्चिता नभएको समेत जानकारी दिए । तर उनले सुचनामुलक जानकारी दिनु भन्दा पनि पीडितहरूलाई उल्टै पीडा दिने हिसाबले ठाडो गाली गर्ने भाषा प्रयोग गरेको भन्दै उपस्थित ब्यक्तिहरुले गुनासो पोखेका थिए ।

मन्तव्यको क्रममा पूर्व राजदुत कमल कोरिरालाले श्रम मन्त्री नै भ्रष्टचारी प्रमाणित भए पनि कुनै कार्वाहीमा नपर्ने नेपालमा सरकारबाट धेरै आशा गर्न नसके पनि सबैले प्रयत्न छोड्न नहुने बताए । सोही क्रमम पूर्व उपनियोग प्रमुख यादव खनाले सरकारले विदेशी कामदारबाट रेमिटेन्स भित्रयाउने लोभ मात्र नगरी त्यसको लागि लगानी समेत गर्नु पर्ने बताउनु भएको थियो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ कोरिया शाखाका पूर्व अध्यक्ष रघु त्रिपाठीले तयार गर्नुभएको पावर प्वाइन्ट प्रोगाम मार्फत कोरियाको वास्तविकता झल्काउने विविध चित्र र तथ्यहरु प्रदशर्न गरेका थिए । उनले कोरियामा नेपालीहरुको संख्या बृद्धिसँगै त्यहाँ भोग्नुपरेका पिडादायी समस्याहरुको पनि चाङ लागिरहेको बताए । पछिल्लो समय नेपाली चेलीहरुको अघोषित बेचबिखनको गन्तव्य समेत बन्न थालेको कोरिया र ठूला ठूला सपना देखाएर दलालहरुमार्फत नक्कली विहेवारी गरेर कोरिया पु¥याउने र त्यहाँ पुगेपछि उनीहरुले पाउने शारिरीक र मानसिक यातनामात्र होइन यौन दासीको कथा झनै विकराल रहेकोले त्यस तर्फ सम्वन्धित निकायको ध्यान जानुपर्नेमा त्रिपाठीले जोड दिएका थिए ।

उनले कोरियामा नेपालीहरुको समस्या बृद्धिसँगै सरकारले त्यहाँको समस्या समाधानका लागि आवश्यक पहलीकदम नचालेको भन्दै त्याहाँ स्थापित नेपाली दूतावास पनि दुःखमा परेका नेपालीहरुलाई मलम लगाउनुको साटो त्यहाका कर्मचारीहरुले उल्टै नुनचुक छर्कने काम गर्दा समस्या समाधानको साटो अझ जटिल बन्दै गएकोमा चिन्ता ब्यक्त गरेका थिए ।

कार्यक्रमका अन्त्यमा नेपाली प्रवासी श्रमिक ऐक्यवद्धता समाजका अध्यक्ष डेविड राईले कोरियको आप्mनो अनुभव सुनाउँदै कोरिया लगाएत प्रवासका नेपाली श्रमिकको हकहितको लागि निरन्तर लडिरहनने प्रण गरेका थिए । कार्यक्रमको अन्तिममा आयोजकको तर्फबाट पत्रकार रघु त्रिपाठीले कोरियाको सम्पूर्ण समस्याहरुलाई समेटेर तयार पारेको ज्ञापन पत्र श्रम तथा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरूलाई बुझाइएका थिए । सोही ज्ञापनपत्र यही हप्ता श्रम तथा परराष्ट्र मन्त्रीहरूलाई मन्त्रालयमै बुझाउने र समस्या समाधान नभए सम्म संघर्ष गरिरहने सामुहिक प्रण गरिएको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । न्यूयोर्क राज्य संसदको चुनावमा पहिलो पटक नेपाली मूलकी एक युवती सांसद बन्ने सम्भावना बढेको छ । नेपाली मुलकी

काठमाडौं ।अमेरिकाको कनेक्टिकट राज्यमा बसोबास गर्दै आएका नेपाली मूलका राम चन्द्र श्रेष्ठ नगर समिती सदस्यमा निर्वाचित भएका छन् । गत

लस एन्जेलस। अमेरिकाको आर्टिसिया शहरमा नेपाली मूलका रामेश्वर भण्डारी शहरी सुन्दरता र पुननिर्माणसम्बन्धी आयोगका आयुक्त नियुक्त भएका छन्। सिटी काउपन्सिलको

मेरिल्याण्ड। अमेरिकाको सत्तारुढ दल डेमोक्र्याट पार्टीको मेरिल्याण्ड राज्यको केन्द्रीय सदस्यमा नेपाली मूलका अर्जुन हमाल निर्वाचित भएका छन्। यो निर्वाचनसँगै अमेरिकाको

आजको प्रमुख समाचार