आमिरदेखि श्वेता तिवारीसम्म यी सेलिब्रेटीहरूको दोस्रो विवाहमा पनि असफल भयो

७ माघ २०७८, शुक्रबार १०:३६ मा प्रकाशित

एजेन्सी । दक्षिण भारतका चर्चित अभिनेता चिरञ्जीवीकी छोरी श्रीजा पति कल्याणसँग अलग भएको खबर अहिले चर्चामा छ । श्रीजाले आफ्नो सामाजिक सञ्जाल अकाउन्टबाट श्रीमानको नाम हटाएकी छिन्, जसले यी रिपोर्टलाई उकासिएको छ । पहिलो विवाह असफल भएपछि श्रीजाले कल्याणसँग दोस्रो विवाह गरेकी थिइन् तर अब त्यो पनि टुट्न लागेको छ । यसअघि पनि धेरै बलिउड सेलेब्स छन् जसको दोस्रो विवाह पनि असफल भएका छन् । जानौं को हुन् ती सेलिब्रेटी-

Kiran Rao advised Aamir against taking up role in Secret Superstar, here's  why

आमिर खान
बलिउडका मिस्टर परफेक्शनिस्ट आमिर खान विवाहको कुरामा परफेक्ट छैनन्। अभिनेताको पहिलो विवाह रीमा दत्तसँग सन् १९८६ मा भएको थियो, जुन सन् २००२ मा टुटेको थियो । त्यसपछि आमिरले लगानका सहायक निर्देशक किरण रावसँग विवाह गरे । तर, २०२१ मा आमिरले उनीसँग पनि सम्बन्धविच्छेद गरे । आमिरका तीन सन्तान छन् ।

Karan Singh Grover may be hosting a travel show soon. Because why not? -  Hindustan Times

करण सिंह ग्रोवर
टेलिभिजनदेखि बलिउडमा आफ्नो पहिचान बनाएका करण सिंह ग्रोवरले एक होइन तीन वटा विवाह गरेका छन् । करणको पहिलो विवाह सन् २००८ मा श्रद्धा निगमसँग भएको थियो । पहिलो पत्नीसँग सम्बन्धविच्छेद गरेपछि एक वर्षपछि करणले जेनिफर विङ्गेटसँग सन् २०१२ मा दोस्रो विवाह गरे तर दुई वर्षको पश्चातापपछि उनीहरुले सम्बन्धविच्छेद गरे । करणले बिपाशा बसुसँग तेस्रो विवाह गरेका छन् ।

Shweta tiwari-oomoh👄💕💦 : r/BollywoodMilfs

श्वेता तिवारी
सन् २००७ मा राजा चौधरीसँग सम्बन्धविच्छेद गरेपछि श्वेता तिवारीले २०१३ मा अभिनव कोहलीसँग विवाह गरेकी थिइन् । सन् २०१७ मा यी दुईबीच दरार सुरु भएको थियो र २०१९ मा दुवै अलग भएका थिए । श्वेताले अभिनवविरुद्ध घरेलु हिंसाको मुद्दा दायर गरेकी थिइन् । अहिले छोरा रेयांशको हिरासतका लागि दुवैबीच झगडा चलिरहेको छ ।

Neelima Azeem Hot Latest Pics Images - Navel Queens

निलिमा अजीम
नीलिमा अजिमले सन् १९७९ मा पंकज कपुरसँग पहिलो विवाह गरेकी थिइन्, जसबाट उनका एक छोरा शाहिद कपूर छन्। पंकजसँग सम्बन्धविच्छेद भएको ५ वर्षपछि निलिमाले १९९० मा राजेश खट्टरसँग विवाह गरिन् । जसबाट उनीहरुको एउटा छोरा इशान खट्टर छ । ११ वर्षपछि सन् २००१ मा दुवैको सम्बन्धविच्छेद भयो । यसपछि अभिनेत्रीले सन् २००४ मा रजा अली खानसँग विवाह गरिन् । तर अफसोस त्यो पनि ५ वर्षमै ब्रेकअप भयो ।

Remembering Vinod Mehra on his 74th birth anniversary

विनोद मेहरा
स्वर्गीय अभिनेता विनोद मेहराले पनि दुईवटा विवाह गरेका थिए जुन असफल भए । उनको पहिलो विवाह किरण मेहरासँग र दोस्रो बिन्दिया गोस्वामीसँग भएको थियो।

Kabir Bedi opens up on son's death, going bankrupt during his Hollywood  days: 'It was traumatic' | Entertainment News,The Indian Express

कबीर बेदी
अभिनेता कबिर बेदीले सन् १९६९ मा प्रोतिमा बेदीसँग पहिलो विवाह गरेका थिए, जुन ५ वर्षमा ब्रेकअप भएको थियो । यसपछि अभिनेताले निक्की बेदीसँग विवाह गरे जुन सन् १९९२–२००५ सम्म चल्यो । २०१६ मा कबीरले आफ्नी छोरी मोनिका बेदीभन्दा कान्छी परवीन दोसांझसँग विवाह गरे। कबीर ७६ वर्षका छन् भने तेस्रो श्रीमती ४६ वर्षकी छन् ।

Zeba Bakhtiar - IMDb

जेबा बख्तियार
अभिनेत्री जेबा बख्तियारले तीन विवाह गरिसकेकी छिन् तर अफसोस यी तीन विवाह असफल भए । अभिनेत्रीले पहिलो पटक सलमान वालियासँग विवाह गरेकी थिइन् । सलमानसँग सम्बन्धविच्छेद गरेपछि जेबाले १९८९ मा जावेद जाफरीसँग विवाह गरिन्, जसको एक वर्षमै ब्रेकअप भयो । तेस्रो विवाह जेबाको गायक अदनान सामीसँग भएको थियो, जुन ४ वर्ष मात्र टिकेको थियो ।

प्रतिक्रिया
सम्बन्धित खवर

काठमाडौं । चर्चित टिभी शो लकअपबाट चर्चामा आएकी अभिनेत्री पायल रोहतगीले हालै सामाजिक सञ्जालमा कङ्गना राणावतको मजाक उडाएकी छिन् ।

काठमाडौ । नायिका सुरविना कार्की आजभोलि फिल्म क्षेत्रमा भन्दा बढी सामाजिक सञ्जालमा सक्रिय छिन् । नेपाली दर्शकले उनलाई फिल्म ‘लप्पन

काठमाडौं । इन्टरनेट पहुँचको सहजतापछि विश्वभर पोर्न उद्योगले धेरै ठूलो सफलता पाएको छ । पोर्न उद्योगले धेरै कलाकारहरूलाई सफलताको स्वाद

काठमाडौं । अहिले सामाजिक सञ्जालले नै कलाकारलाई स्टार बनाइरहेको छ । सामाजिक सञ्जालमा जम्न नसकेकाहरुलाई गुमनामपनि बनाइरहेको छ यो एक यस्तो

आजको प्रमुख समाचार